राष्ट्रियता खतरामाः बुद्धिजीविहरु

अयोग्य नेताहरुकाकारण राष्ट्रियता खतरामा पर्ने खतरा रहेको बिभिन्न क्षेत्रका बिज्ञ तथा बुद्धिजीविहरुले बताएका छन । आफनो स्वार्थपूर्तिको लागीभारत सामू लम्पसारवादी प्रवृति नेताहरुमा हावी भएको हुदा राष्टियता संकटमा पर्ने निश्चितभएको निष्कर्ष निकालेका छन ।
राष्टियता बचाउँने विषयमा गंम्भिर बहस गर्दैआएको नेपाल संरक्षण अभियानले राजधानीमा आजको आवश्यकता ः राष्ट्रिय एकता बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा डा शास्त्र द्धत्त पन्तले अयोग्य नेताहरुका कारण  राष्टियता खतरामा पर्ने खतरा रहेको बताएका छन् । मोदी भ्रमणको विषयमा बोल्दै पन्तले भने यो भ्रमण नेपालको हितमा भन्दा भारतको स्वार्थपूर्तिमा केन्द्रित छ ।
तेस्रो अरुण राष्टघातको अर्को उदारण हो , उनले भने । पन्त सीमा बिज्ञ तथा अनुसन्धानकर्ता हुन् । सीमाको बिषयमापनिउनको राम्रो दख्खल छ । भारतले बेला बेलामा सीमामिच्दै आएको छ , यो बिषयमा नेपाल सरकार र सत्ता रुढ दलहरु मोदी सामु चु पनिबोल्न नसक्ने राष्टियता कसरी बच्न सक्छ ? डा पन्तले भने । भारतले एकतर्फी बाँध लगाउदै आएको छ । अवबर्षा आउनथाल्यो । तराई मधेस डुवानमा पर्ने खतरा छ । खै सरकारले मोदी सामु कुरा राखेको ? पन्तले प्रश्न गरे । भन्नलाई सार्वभौम र स्वतन्त्र देश भन्छौ । खै सार्वभौम र स्वतन्त्र देश ? बिदेशको इसरामाचल्ने र त्यहि अनुसार कामगर्ने परम्पराले देश बनाउन होइन , देश बचाउन मुस्किलहुने छ । डा पन्तले भने । संघीयताको कारण पनि देश खतरामाजाने संकेत पन्तले गरे । आर्थिक भार थेग्ननसक्ने संघीयताले राष्टियता नै बिभाजन हुन सक्ने खतरा डा पन्तले औंलाएका छन । सोही कार्यक्रममा अर्का बक्ता डा केवी रोकायले पनि राष्ट्रियता खतरामा रहेको बताएका छन । देशभक्त र राष्टवादी सोच भएकाले मात्र देश बचाउन र बनाउन सक्ने तर्क डा रोकायले गरे । बिदेशि हस्तक्षेप सहेर बस्ने  राष्टवादी होइनन । आफनो देशबचाउन र बनाउन योगदानदिने नै राष्टवादी हुन  डा रोकायले भने ।
भारतले लगाएको नाकाबन्दी अझैसम्म पनिजनताले बिर्सिएका छैनन्, तर त्यहि नाकाबन्दी लगाएर जनतालाई दुःख दिने मोदीलाई नागरिक अभिनन्दन गरेर नेपाल सरकारले के सन्देश दिन खोजेको हो ? डा रोकायले प्रश्न गरे । कार्यक्रममा बोल्दै रोकायले भने तालाचावी मोदीलाई बुझाएर राष्टियता के अर्थमा बच्छ ? आजको आवश्यकता ः राष्टिय एकताको सान्र्दभिकतारहेको भन्दै सबै राष्टवादी देशभक्तहरु एकजुट हुनु पर्ने कुरामा डा रोकायले जोड दिए । अर्का बक्ता देवेन्द्र नेपालीले देश बचाउन राष्ट्रवादी सोच हुनु पर्ने कुरामाजोड दिए ।
राष्ट्रवादी सोच नै हामीमाभएनभने देश बनाउनपनि सकिदैन बचाउनपनि सकिदैन , नेपालीले भने । हाम्रो देशका नेताहरुलेभारतका सामु लम्पसारवादी सोच चिन्तन र प्रवृति नछाडदा सम्म राष्टियता नबच्ने र राष्टिय एकता बलियो नहुने कुरामाजोड दिए । राजनीतिकदलहरु र तिनका अधिकाशं नेताहरु भारत प्ररस्त छन । तिदलहरु र नेताहरु नसच्चिए सम्म देश खतरामाहुने उनले बताए ।
नेपाल संरक्षण अभियानका संयोजक बिष्णु प्रसादशर्माले मोदी नेपाल भ्रमण आउदाआफू संगै सुरक्षाकर्मी लिएर आउनु नेपाल सरकारको बिश्वास नभएर होकी नेपाललाई हेपेको हो ?प्रश्नगदै मन्तब्य राखे । राष्ट जोगाउन देश भक्तहरु मिल्नुको बिकल्प छैन शर्माले भने । लामो समय देखि यो अभियान चलाउदै आएका शर्मा राष्टबादी सोच र चिन्तन भएका व्यक्ति हुन् । उनले भने  संघीयताका कारण नै देश संकटमा पर्ने दावी गरे । एकताको सुत्रमा बाँधिएको देश संघीयतामा जाँदा जनताले दुःख पाउने शर्माले दावी गरे । संघीयताले बिकास हुने होइन , बिकास  सोंच चिन्तन र इच्छाशक्तिले हुने हो शर्माले भने ।  उक्त कार्यक्रमको सभापतित्व अभियानका संयोजक बिष्णु प्रसाद शर्माले गरेका थिए ।

,