गुट–उपगुट त्याग्नुपर्ने –डा कोइराला
राम केसी
चौतारा ६ जेठ ÷नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेकपा एमाले र माओवादी मीलेर एकै पार्टी बनेकोमा खुशी व्यक्त गर्दै कांग्रेसलाई पा“च वर्षको लागि प्रतिपक्षको भुमिका खेल्न जनताले आदेश दिएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य चन्द्र भण्डारीले पार्टीका नेता परिवारवाद,आफन्तवाद,कृपावादबाट बाहिर निस्कन नसकेको आरोप लगाउदै सहि व्यक्तिलाई टिकट नदिदा निर्वाचनमा हार भएको बताउनुभयो ।
नेताहरु वृद्ध भइसकेकाले पार्टी चल्न नसक्ने हु“दा युवाशक्तीलाई अगाडी बढाउनुपर्ने तर्क गर्दै नेता भण्डारीले अब पनि वृद्ध नेताहरुले नछाडे अगामी निर्वाचनमा शुन्यता हात पर्ने आशंका व्यक्त गर्नुभयो ।
नगर समितिका सभापति यज्ञप्रसाद दंगालको सभापतित्वमा भएको कार्यक्रममा जिल्ला सभापति विकास लामा,पूर्वसभापति भुपेन्द्रबहादुर थापा, क्षेत्र न २ का प्रदेश सभा सदस्य निमा लामा हेल्मो लगायतका कार्यकर्ताले आफ्नो धारणा राख्नुभएको थियो । रासस