ऐन कार्यान्वयनको लागि अन्तरक्रिया
नेपालमा भएका आमूल परिवर्तनसँगै नयाँ निर्माण भएका ऐन कार्यान्वयनको लागि नेपाल सरकारले विभिन्न कार्यक्रम, गोष्ठी तथा छलफलहरु चलाइरहेको छ । यस सन्दर्भमा सिन्धुपाल्चोक जिल्लामा पनि जेष्ठ ४ गतेदेखि एक अन्तरक्रिया कार्यक्रम शुरु गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङको सभापतित्वमा भएको कार्यक्रम ३ दिनसम्म चल्ने जिल्ला समन्वय समितिका निमित्त समन्वय अधिकारी युगबहादुर खड्काले जानकारी दिनुभएको छ । कार्यक्रमको बारेमा जानकारी गराउँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणेन्द्र गौतमले आगामी भाद्र १ गतेदेखि देशमा लागू हुने नयाँ कानुनमा भएका व्यवस्था र पुरानो कानुनमा भएका व्यवस्थाको खारेजीको बारेमा जानकारी गराउनुभएको थियो ।
उहाँले देशको मौलिकतालाई यथावत राख्दै बद्लिँदो परिस्थिति अनुसार नेपालमा पहिलो पटक कानुन परिवर्तन भएको र परिवर्तित कानुनलाई स्थानीय तहमा अक्षरंश पालना गराउनको लागि सबै नागरिक यससँग सचेत रहनुपर्ने बताउनुभयो ।


उहाँले आगामी दिनमा कानुनको कार्यान्वयन गर्दा परिवर्तित कानुनले पारदर्शिताका साथ फड्को मार्ने सट्टा दूर्घटना पनि निम्तिन सक्ने भएकाले त्यसतर्फ पनि सचेत रहेर काम गर्नुपर्ने बताउनुभयो । कानुनको पालना गर्ने नाममा गलत व्याख्या गर्न नहुने बताउँदै प्रजिअ कृष्णबहादुर तामाङले सबै नागरिक कानुनको विद्यार्थी भएकोले यसलाई अध्ययन गरेर लागू गर्न र गराउन पर्ने बताउनुभयो ।

जिल्ला स्थित १२वटै स्थानीय तहका न्ययकि समितीका पदाधिकारी हरुले गर्न पर्ने कामका बारेमा बिषेश केन्द्रीत कार्यक्रममा स्थानीय तहले कार्यन्वयजमा ल्याउनपर्ने कानुन तथा स्थानीयसरकारले निर्माण गर्न पर्ने कानुनका बारेमा सहसचिव गौतमले प्रशिक्षण दिनुभएको थियो सहभागीको जिज्ञासामा समेत उहाँ र कार्यक्रम सञ्चालक समेत रहनु भएका मन्त्रालयका उपसचिव गोविन्द खनालले कानुनीका बारेमा प्रष्ट्याउनु भएको थियो ।
कार्यक्रममा मुलुकी ऐनलाई पूरै परिवर्तन गर्न समस्या देखिएकोले मौलिकतालाई समेत झल्कने गरी मुलुकी ऐनको सट्टा मुलुकी देवानी संहिता ऐनको व्यवस्था गरिएको बताइएको थियो ।
