सार्थक रहोस् गणतन्त्र दिवस

नेत्रबहादुर बस्नेत-
हाम्रो देश नेपालमा बिभिन्न समयमा भएको  राजनीतिक परिबर्तन सँगै २०६५ साल जेठ १५ गते पनि एउटा ऐतिहासिक राजनीतिक  परिवर्तन भएको थियो । त्यसको सम्झना स्वरुप गणतन्त्र दिवस मनाइने परम्परा बसि सकेको छ । त्यसो त नेपालमा राजासहितको आन्दोनबाट प्राप्त भएको प्रजातन्त्र २००७ साल फागुन ७ को सम्झनामा प्रजनतन्त्र दिबस मनाइने गरिएको छ । २०६५ साल जेष्ठ १५गतेको सम्झनालाइ पनी गत बर्ष सम्म सार्बजैनिक बिदा समेत दिएर गणतन्त्र दिबस मनाइदै आएको थियो तर यस बर्ष सरकारले बिदा कटौती गरेको छ ।
  १५गतेको संविधान सभाको पहिलो बैठकले एक शताब्दी भन्दा लामो समय राजतन्त्रको अन्त्य गरी नेपाललाई संघिय गणतान्त्रिक मुलुक घोषणा गरिएको थियो । नेपालमा भएको पछिल्लो जनआन्दोलन २०६२/०६३ को जगमा गणतन्त्र घोषणा भएको एतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेष्ठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिबश  मनाइदै आएको छ । माओबादीले शुरु गरेको  १० वर्षे सशस्त्र जनयुद्ध र १९ दिन सम्म भएको संयुक्त जनआन्दोलको कारण नेपालमा राजतन्त्र अन्त्य भएर मुलुक गणतन्त्रमय बनेको थियो । नेपाली गणतन्त्र स्थपना भएको दशवर्ष पूरा गरि ११औँ वर्षमा प्रवेश गरेको छ ।  हामी आज गणतन्त्र स्थपना भएको ११ बर्ष  पुरा हुदै गर्दा  हामी नेपालीनागरिकले के परिबर्तन पाएका छौ। त्यसको पनी लेखाजोखा हुन जरुरी  रहेको छ । पहिलो कुरा त जुन देशमा ९० प्रतिशत नागरिकको भाबना बिपरित बनेको सीमबधानलाइ आत्मा सात सम्मान गर्न परेको छ ।
यसको कारण हो बारम्बार हुने गरेको आन्दोलनका कारण राष्ट्र् खतारामा पर्न सक्ने भएकोले केही सिमत नेताहरुको चाहाना अनुसार बनेकको धर्म निरक्षेपता  ९० प्रतिशत भन्दा बढी सनातन धर्मवालम्बीहरु भएको हाम्रो देश  नेपाल बिश्वमा एक मात्र हिन्दुराष्ट्र्को रुपमा पहिचान बोकेर बसेको थियो । त्यो पहिचान पनी गणतान्त्रीक सम्बिधानले गुमाएको छ । त्यसो त धेरै कुराहरुमा संविधानले जनतालाई मालिक पनि बनाएको छ । मानव अधिकार, राष्ट्रिएता एब स्थानीय सरकारको ब्यबस्था आफुले पालना गर्ने कानुनको निर्माण आफैबाट हुनु ठुलो उपलब्धी मान्न पर्छ । देशका नागरिकले बिभिन्न नामका राजनीती दलहरुको नेतृत्वको सरकार , व्यवस्थापन हेरी सकेका र इतीहाँसमा नै नेपालमा पहिलो पटक कम्युनिष्टहरुको बहुमतीय सरकार संञ्चालन गर्न अनुमती दिएका छन । बिगतमा काँगे्रसले पटक  बहुमतीय सरकार चलाइ सकेको  तर पुरा समय चलाउँन नसकेको भन्देै कम्युनिष्टलाइ सरकार संञ्चालन गर्न नागरिकले अधिकार दिएका हुन । हामी नेपालीले २० वर्षपछि स्थानीय जनप्रतिनिधि प्रदेश एवं प्रतिनिधि सभाका उम्मेदवार छानेको छ ।
 तर हज्जारौ नागरिकले बलिदान गरेर स्थापति भएको गणतन्त्र दिबसको बिदा समेत कटौती हुँदा योसरकार सँग पनी नागरिकले आबाज उठाउँन थालि सकेका छन । आगामी दिनमा आलै रहेको घाउहरु सुक्न नपाउँदै गरिएको यस्तो निर्णयले कतै गणतन्त्र नै खतरामा पर्ने त होइन हामी सतर्क हुन पनी जरुरी भइ सकेको छ ।   गणतन्त्रात्मक शासन पद्धति भनेको यस्तो शाशन पद्धती हो जहाँ नागरिकद्वारा चुनिएका प्रतिनीधीहरुले शासन गर्ने गर्दछन् । नेपालमा गणतन्त्र आउनु पहिले  राष्ट्रप्रमुख हुनकालागि राजपरिवारकै बंश हुन पर्द थियो । अहिले त्यो ब्बस्था हटेको छ । हाम्रो देश नेपालमा विभिन्न ७ वटा प्रदेशहरु प्रादेशीक शासन स्वरुपमा गणतन्त्रको नयाँ संरचना भएको छ ।
हाम्रो देश नेपाल लाइ बाइसै चौउबिसे राज्यलाइ  एकीकरण गरेर पृथ्वी नारायण शाहले एउटै बनाएको राज्य अहिले अघोषितरुपमा ७वटा भएको भन्दा फरक पर्दैन किन भने प्रदेश सरकारले आफनो जिम्मेवारी पुरै पाएको छ ।  देशको भौगोलिक, सामाजिक र सांस्कृतीक विभिदताकालागि नेपाल संसारकै पृथक देशहरूमध्ये फरक देशमा पर्ने  हामीले पढेका छौ  । यस्तो  हाम्रो देश नेपाललाइ समृद्ध बनाउँनका लागी बर्तमान सरकार लागी परेको छ । आजको दिनमा  पटक पटक नेपालमा परिबर्तन ल्याउँनका लागी ज्यान दिएका  महान शहिदहरुलाई जसले नेपालमा गणतन्त्र स्थापनार्थ आफ्नो प्राणको आहूती दिएका छन् । १० वर्षे सशस्त्र द्वन्दमा वीरगती पाएका ति तमाम नेपाली अमर आत्माहरुलाई चीर शान्ति प्राप्त होस् । वहाँहरूको त्यो बलिदानको वास्तविक कदर कतै कुनै कार्यक्रममा केही लाख रुपैयाँ खर्च गरेर र वहाँहरूको नाममा चोक र चौतारा बनाउदैमा मात्र कदापी हुनै सक्दैन, त्यो केवल गणतन्त्रको संस्थागत गरेर नागरिकको चाहानअनूरुप सत्ता सञ्चालनको अभ्यासले मात्र शहिद सम्मान  हुन सक्छ ।सशस्त्र यूद्धका बेलामा प्रत्यक नेपालीको  घरका भित्तामाहरुमा  लागेका बम बारुद गोली का छर्राहरुले बनाएका खतहरु अझै पनि आलै छन् ।, कति त्यस्ता खतहरूमा माटो अथवा सिमेन्टको लेप लागिसकेको छैन ।
अनि अझ उस्तै छन् मन भित्रका पीडाहरु, नागरिकले आफन्त गुमाउनुकोपरेको अबस्थाको पिडा आन्दोलनकै कारण, अपाङ्गता  भएर जिबन बिताउँनु वेपत्ता भएका नागरिकहरु  परिवारजनका सदस्यको आँखा अगाडि  आइरहनु अनी आफुनै अगाडी गोली बमका कारण ज्यान गुमाएको यादहरु आइरहने र  रगतका खोलाहरु बगेका चोक सडकहरुमा  अझै पनि पीडाका साथमा गणतन्त्र बनेर दौडिरहेका छन् । अत्यन्त ठूलो मूल्य चुकाएर प्राप्त भएको गणतान्त्रिक नेपाल अनि नेपाली राजनैतिक संस्था र हस्तीहरुले गणतन्त्रको सही सदूपयोग गर्न सके मात्र यसको स्थाइत्व अनी शहिदको सम्मान गरेको ठहर्छ  ।
नेपालीहरुले देशमै बसेर जिविकोपार्जन गर्न सक्ने अवस्था कहिले प्राप्त हुन्छ ? बन्द बाकसमा निदाएका नेपाली बोकेर, अपाङ्ग शरीर बोकेर, बेहोशी बोकेर, ठगीएर, हेपीएर, सतित्व लुटिएर, बेचिएर कहिले सम्म खोजी रहने ठाडो शीर सहितको परिवर्तन । शक्तिको होडवाजीबाट माथी उठेर विकास र विधीको शासन कहिले हुन्छ ? यस्ता कैंयन प्रश्न अनुत्तरित  रहेका छन् । गणतान्त्रीक बहुमतीय सरकारले कम्तीमा पनी शय दिनको रोजगारको ब्यबस्था गर्न बर्तमान सरकार लागी परेको  देखिन्छ । तर यो केबल मन्तब्यमा मात्रै होकी ब्यबहारमा पनी हो हेर्न बाँकी छ । यदी ब्यबहारमा लागु भयो भने केही मात्रमा भएपनी घाइते शहिदहरुको घाउमा शितलता छाउला नत्र भने झन डाह हुने छ । त्यही डाहाका कारण सग्ला रहेका नागरिकलाइ पनी पोल्न थाल्छ अनी बिष्फोटका घटना घट्न सक्छन ।
आजको दिन एउटा गर्व अनि उत्साहको दिवस हो  आज  नेपाल कै इतीहाास बोकेको नेपाली सेनाले विहानै विगुल फुकेर नेपाली शहिदहरुको ध्यानलाइ कमेन्द्रित गरेर सम्मान गर्दै गण्तन्त्र दिबस मनाउँने गरेको छ  । टुँडिखेलको शहिद मञ्चमा बिभिन्न कार्यक्रमहरु गरिन्छ। काठमाडौ लगायत देशैभरिका सरकारी कार्यलयहरुमा पनी दिपाबली गरेर यो दिबस मनाउँन सरकारले निर्देशन गरिसकेको छ । बिभिन्न गाँउ ठाँउहरुमा भेला, कार्यक्रम अन्तरक्रिया गरेर यो दिबश मनाइने गरिएको छ । साँझमा गणतन्त्रका अथक योद्धा शहीदहरुको सम्झनास्वरुप मैनवत्ति या दियो  बाल्ने कार्यक्रम पनि गरिन्छ ।
गणतन्त्र दिवसका अवसरमा आज ७ वटै प्रदेशमा प्रभातफेरि, खेलकुद, प्रवचन, गोष्ठी एवं सांस्कृतिक कार्यक्रम समेत हुँदैछ । त्यसैगरी विदेशस्थित नेपाली राजदुतावास, कूटनितिक नियोग तथा वाणिज्य दूतावासहरुमा विभिन्न कार्यक्रम गरिनेछ भने साँझमा दिपावलीको उल्लासमय कार्यक्रमहरू समेत राखिएको छ स्मरण रहोस् ११ वर्षअघि आजकै दिन गणतन्त्र प्राप्तीको उत्साहमा नेपालभरि एतिहासिक दिपावली कार्यक्रम गरिएको थियो। त्यस पछीका बर्षहरुमा नियमित मनाइदै आएको छ । हाम्रो नेपाल नरहे हामी नेपाली भनने आधार कहाँ हुन्छ त्यसैले नेपाल र नेपालीको संक्षणका लागी  शहिदहरुको सपना अधुरो रहन दिनु हुँदैन ।
त्यसैले यो दिबश नियमित मनाउँदै रहनु पर्छ । बिषेस गरेर गणतन्त्रका कारण गाँउ  गाँँउमा शाशनका मालीक बनेका स्थानीय सरकारका प्रमुख या सदस्य तथा त्यस सँग सम्बन्धीत हामी आम नागरिकले यो आएको परिबर्तनलाइ मान्ने हो भने दिबश मनाउँन उपयुक्त हुन्छ । नत्र मालीक बनेको अर्थ हुदैन भन्दै यो गणतन्त्र दिवसको सार्थक शुभकामना व्यक्त गर्दछु ।

, , , , , ,