नमुना बन्दै चौतारासाँगाचोकगढी इर्खु



 नेत्रबहादुर बस्नेत
चौतारासाँगाचोकगढी नगरपालीका वडा नं ८ साबकि इर्खू गाँउबिकाश समिती  नगरपालीका मध्य कै नमुना बन्ने प्रयासमा पुगेको छ । इर्खुमा रहेको स्वास्थ्य, शिक्षा, खानेपानीका साथै वडा भित्र नै  सभाहल समेत निर्माण भइ सकेको छ ।






जाइकाको सहयोगमा निर्माण भएको सभाहलमा करिब १५०भन्दा बढी प्रशिक्षार्थी रहेर प्रशिक्षण तथा बिभिन्न कार्यक्रम, सभा सममेलन साधरणा सभाका लागी समेत हल उपयुक्त हुने इर्खु बासी बताउँछन । साबीकम इर्खू गाँउबिकाश समितीको जग्गामा निर्माण गरिएको ४कोठे भबनको नगर प्रमुख अमानसिंह तामाङ्गको प्रमुख अतिथ्यतामा जाइकाले वडालाइ हस्तानन्तरण गरेको वडा अध्यक्ष तिर्थबहादुर श्रेष्ठले बताउँनु भयो ।
उक्त भवनको संरक्षण र संञ्चालन वडा स्वयमले गरिरहेको समेत अध्यक्ष श्रेष्ठले बताउँनु भयो । भवन सँगै रहेको यर्खू स्वास्थ्य चौकीमा निशुल्क औषधी, लगाएत सरकारी सुबिधा पाइने भएकाले त्यँहाको स्वास्थ्य चौकी प्रती स्थनीयको आकर्षण बढेको अनमी कल्पना ठकुरीले बताउँनुभयो । दैनिक जसो सरदर २५देखी३०जनाले समेत स्वास्थ्य सेवा लिने गरेको अनमी नितु शर्माले बताउँनु भयो । उक्त स्वास्थ्य चौकीले गाँउघर क्लिनकि समेत संञ्चालन गरिरहेको छ ।भने खाने पानी तर्फ करिब १५०० मिटर तलबाट पानी तानेर इर्खूको डाँडामा टेइाङ्की बनाइएको छ ।
करिब दैनिक बिसहजार लिटर पानी तानेर ट्याङ्कीका जमाएर दैनिक बितरण गर्ने गरिएको स्थानीय समाज सेवी युवा प्रेम दङ्गालले बताउँनु भयो । उक्त खानेपानीका लागी स्थानीय निबासी सञ्चमान तामाङ्गका कान्छा छोरा हिरामान तामाङ्गले मुहानमा ट्याङ्की बनाउँन निशुल्क  जग्गा दिनु भएको वडाअध्यक्ष  श्रेष्ठले बताउँनु भयो । सदरमुकाम जोडिने सडक अनी बस्ती बस्तमिा पुग्ने सडकको बिकाशका लागी स्थानीय हरुको पनी धेरै सहयोग रहेको  अध्यक्ष श्रेष्ठले बताउँनु भयो । उँहाले नगर प्रमुख अमानसिंहले अगाडी सार्नु भएको डाँडाबारीमा सिँचाइ र पोखरी घरबारीमा तरकारी भनने भनाइलाइ आफुले वडामा पनी कार्यन्वयन गर्न लागेको र कृषीमा समेत बिषेस कार्यक्रम अगाडी सार्न लागेको बताउँनु भयो ।

, , , , ,