गणतन्त्र दिबश जेष्ठ १५मा कबिता प्रतियोगिता हुने



चौतारा साँगाचोगढी नगरपालीकाको आयोजनामा र लोकप्रिय नेत्रज्योती संञ्चार समुह संयोजनमा गणतन्त्र दिबश को अबशरमा जिल्ला स्तरिय  खुल्ला कबीता  प्रतियोगिताको आयोजना गरेको छ । नेपाल सरकारले   जेष्ठ १४, १५ र १६ गते बिभिन्न कार्यक्रम गरेर गणतन्त्र दिबश  मानउँने निर्णय गरे  बमोजिम  नगर पालीकाले जेष्ठ १५गतेका दिन उक्त कार्यक्रमको आयोजना गरेको हो । सञ्चारसमुहका कार्यकारी प्रमुख नेत्र बहादुर बस्नेतका अनुसारचौतारा साँगाचोक गढी  वडा नं ५ वडा कार्यलयमा गर्न लागीएको उक्त प्रतियोगिता बिहान ७ बजे देखी शूरु हुने छ ।  जिल्ला सम्मन्वय समितीका प्रमुख कृष्ण गोपाल तामाङ्गको प्रमुख अतिथ्यता र नगर प्रमुख अमानसि.को सभापतीत्वमा  कार्यक्रम हुने भएको छ ।
गणतन्त्र र आर्थीक क्रान्तीमा उद्योग बिषय राखेर आयोजना गर्न लागेको कबिता प्रतियोगितामा प्रथम हुनेलाइ रु पाँचहजार दित्तीय हुनेलाइ तिन हजार र तृतीय हुनेलाइ एकहजार पाँच शय नगद र प्रमाण पत्र एबम सहभागीलाइ सहभागी प्रमाण पत्र समेत दिइने ब्यबस्था मिलाइएको छ
जिल्ला लघु उद्यमी संघ,  लगाएतले यो कार्यक्रमलाइ सहजी करण गर्ने भएका छन ।

, , ,