सिन्धुपाल्चोक जिल्ला अन्तर्गत रहेका इन्द्रावती भोटेकोशी लगायतको खोला उत्खनन् गरेर बालुवाको चोरी निकासी गरिरहेको अवस्थामा ४ स्काइभेटर पक्राउमा परेका छन् ।
अवैध उत्खनन् गर्ने कार्य झन् बढ्दै गएको सरोकारवालाहरुले बताइरहँदा जिल्ला प्रशासन कार्यलयले नियम बिपरितका कामहरु गरेर खोलाबाट बालुवा झिक्ने कामको रोक लगाएको थियो ।
प्रशासनको निर्णयलाइ च्नौती दिँदै राती बालुवा झिक्ने काम गरिरहेका थाहा पाए पछी प्रशासनले पनी त्यस तर्फ कडाइ गर्न लागेको छ । निर्वाचित जनप्रतिनिधिहरुको मौनता र आर्थिक चलखेलका कारण मौलाउँदै गएको बालुवा तस्करी पछिल्लो समयमा दिउँसो भन्दा राती बढी हुने गरेको देखिएको छ । गएराती इन्द्रावती गाउँपालिका वडा नं. १० स्थित होक्से दोभानको पुल मुनी नदीबाट बालुवा झिक्दै गरेको अवस्थामा ४ वटा स्काइभेटरको साँचो प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयलाई बुझाए बाट दिनमा भन्दा रातको समयमाको बालुवा गिटी निकाल्ने काम भएको स्पस्ट भएको छ ।
जिल्ला प्रहरी कार्यलय रसाँगाचोक प्रहरी चौकीबाट सादा पोशाकमा खटिइ गएका प्रहरी टोलीले उक्त स्काइभेटरको साँचो नियन्त्रणमा लिएको हो ।
राती स्काइभेटरबाट बालुका झिकीरहेको विषेश सुराकीको आधारमा प्रहरी खटिई गएको र बालुवा झिकीरहेको अवस्थामा पक्राउ परेको हो ।
जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिएको साँचो आबश्यक कार्बहीको लागी जिल्ला समन्वय समितीमा बुझाएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरिक्षक हरिकृष्ण केसीले बताउनुभयो ।
वालुवा निकासी गरिरहेको अवस्थामा स्काइभेटर पक्राउ
[email protected] Powered by Blogger.
