तेक्वान्दो ग्रेडिङ प्रतियोगिता सम्पन्न

तेक्वान्दो खेल खेलौं, स्वस्थ र अनुशासित बनौं भन्ने मूल नाराका साथ चौताराको कवर्ड हलमा ग्रेडिङ प्रतियोगितात्मक कार्यक्रम भएको छ ।


खेल जगतको विकासको लागि स्थानीय अग्रसर रहनुपर्ने समयको माग रहेको बेला यस्ता  प्रतियोगिताले महत्वपूर्ण स्थान ओगट्ने सहभागिहरुले बताएका छन् । हिरा हरी तेक्वान्दो डोजाङ चौताराको आयोजनामा भएको कार्यक्रममा नगरका विभिन्न स्थानका खेलाडीहरुको सहभागिता रहेको थियो ।
जिल्ला खेलकूद विकास समितिका अध्यक्ष शिवबहादुर देउजाको प्रमुख आतिथ्यतामा तेक्वान्दो संघका केन्द्रीय सदस्य  हिरा थापाको विषेश आतिथ्यतामा कार्यक्रम भएको थियो ।
कार्यक्रममा विषेश अतिथिहरु अन्तराष्ट्रिय निर्णायक मिन न्यौपाने, जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष नवराज भट्टराई, जिल्ला तेक्वान्दो सिन्धुपाल्चोकका सिनियर गुरु राजकुमार लामा, जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका वरिष्ठ उपाध्यक्ष गंगा तामाङ, जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका सचिव रोहिन्द्र विक्रम खड्का, हिराहरी तेक्वान्दो डोजाङका सल्लाहकार सुवर्ण मानन्धर लगायतको उपस्थिति रहेको थियो ।
हिराहरी तेक्वान्दो डोजाङका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षमा भएको प्रतियोगितात्मक परिक्षामा संस्थापक तथा डोजाङ प्रमुख रमेश गुरुङले कार्यक्रमको बारेमा प्रकाश पार्नुहुँदै कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।
सहभागि परीक्षार्थीहरुलाई शुभकामना दिँदै तातोपानी तेक्वान्दो डोजाङका प्रशिक्षक अजय गुरुङले खेलाडीहरुलाई आत्मवल बढाउनको लागि सबैले आ–आफ्नो ठाउँबाट गर्नुपर्ने सहयोग गर्नका लागि अनुरोध गर्नुभयो ।
जिल्ला खेलकूद विकास समितिका उपाध्यक्ष नवराज भट्टराईले खेलकूदको विकास भएमात्र स्वस्थ र शारीरिक विकास हुने बताउनुभयो । प्रमुख अतिथि शिव देउजाले खेलकूदमा शारीरिक, बैद्धिक र आर्थिक तीन वटै क्षेत्रको विकास हुने भएकाले यसलाई सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य थापाले सहभागि सबैलाई बधाई दिनुभएको थियो ।

, , , ,