सिन्धूपाल्चोकको पुनर्निर्माण तीव्र, २२ हजार घर बने


देबराज सुबेदी भकम्प प्रभावित सिन्धुपाल्चोकको पुनर्निर्माणले तीव्रता पाएको छ . यही गतिमा पुनर्निर्माण अघि बढ्ने हो भने अबको केही महिनामा अस्थायी टहरोमा रहेका सबै भुकम्प पीडितहरु स्थायी संरचनामा बस्न पाउने छन् .
भुकम्प गएको एक वर्षपछि अर्थात् ७३ वैशाख १२ देखि जिल्लामा औपचारिक रुपमा पुनर्निर्माण सुरु भएको थियो . पुनर्निर्माण सुरु भएको २१ महिनाको अवधिमा २२ हजार १ सय ७७ घर निर्माण सम्पन्न भएको छ . तेस्रो किस्ता लिनेको संख्या हेर्दा २२ हजार मात्रै घरहरु प’नर्निर्माण भए पनि योभन्दा बढी रहेको निजी आवास निर्माणमा प्राविधिक सहयोग गरिरहेको शहरी विकास तथा भवन डिभिजन कार्यालय सिन्ध’पाल्चोकले जानकारी दिएको छ । वैशाखदेखि पुनर्निर्माण सुरु भए पनि असोजदेखि मात्रै अनुदान वितरण सुरु गरिएकाले पनि पुनर्निर्माणको समय जम्मा १९ महिना मात्रै पुरा भएको छ .
तेस्रो किस्ता प्राप्त गर्नेको संख्या २७ प्रतिशत मात्रै भए पनि पुनर्निर्माण सम्पन्न भएको प्रतिशत योभन्दा धेरै भएको शहरी विकास तथा भवन डिभिजन कार्यालयका निमित्त प्रमुख इञ्जिनियर टंक गौतमले जानकारी दिनुभएको छ ।