जोखिम मोल्दै हेलम्बु बासीहरु


देबरान सुबेदी मेलम्ची
हेलम्बु गाँउपालिका १ चुरेटार आरुबोटे गाउँ ५ महिनादेखि अँध्यारो छ . २०७४ को कात्तिक महिनादेखि नै गाउँमा बत्ती नभएका कारण १० घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका हून् . पहिला काठको खम्बाबाट बत्तीको लाइन गाउँसम्म लगेको र काठका पोलहरु सबै भाँचिएका कारण फलामे पोल गाडेको भए पनि बिद्युत प्राधिकरणले चासो नदिएका कारण अहिलेसम्म गाउँमा बत्ति बल्न नसकेको स्थानीय सुस्मिता ज्योतीले जानकारी दिनुभएको छ . बत्ति ब्यबस्थित रुपमा बनाउनको लागि पटक पटक प्राधिकरणलाई जानकारी गराउँदा बल्लबल्ल फलामका पोलहरु गाडीसकेको २ महिनापछि प्राधिकरणका कर्मचारी आएर फोटो खिचेर लगेको र त्यसपछि पनि स्थानीयले फोटो पटक पटक प्राधिकरणमा बुझाएको तर प्राधिकरणका कर्मचारी नआएको ज्योतीले बताउनुभयो . तर जुन समस्या समाधानका लागी प्राधिकरणमा जानकारी गराउँदै निबेदन दिनुपर्ने नेपाल बिद्युत प्राधिकरण हेलम्बु मेलम्ची बितरण केन्द्रले जनाएको छ . अहिलेका लागी त्यहाँबाट निबेदन नआएको र निबेदन आउनेबित्तिकै प्राधिकरणले काम गर्ने नेपाल बिद्युत प्राधिकरण हेलम्बु मेलम्ची बितरण केन्द्रका फ्युज सेवा प्रमुख कुमार सापकोटाले बताउनभयो ।. 

अहिले १० घरमध्ये केहीले भने भाँचिएका पुरानै पोलहरु उठाएर जोखिम मोलेरै बत्ति बालेका छन हाबा हुरी  आउँदा जुनसुकै बेला ढल्न सक्ने भएकोले जोखिम बढेको स्थानीयले बताएका छन् . बत्ति बाल्न नपाए पनि स्थानीयले अहिले पनि बिजुलीको मासिक बिल भने तिर्दैआइरहेका छन् .
 यसै बिच भर्खरै उद्घाटन भएको हेलम्बु गाउँपालिका ६ र ७ जोड्ने पुलमा जोखिम बढेको छ । एक महिना अघि मात्रै कानुन मन्त्री शेरबहादुर तामाङले उद्घाटन गर्नुभएको पुलको आसपासमा अनाधिकृत रुपमा नदिमा मेसिन लगाएर गिट्टी बालुवा झिक्न थालेपछि पुल जोखीममा परेको हो । यसले गर्दा पुल दिनानुदिन जीर्ण बन्दै गएको छ । पुलको उद्घाटन भएता पनि अझै बिभिन्न प्रबिधिक कुराहरु राम्ररी पुरा भइसकेको छैन । कानुनमा पुलको ५०० मिटर आसपास क्षेत्रमा नदि जन्य पदार्थ उत्खनन् गर्न नपाउने भएता पनि यसरि खुलेआम नदि दोहन गर्दा समेत स्थानिय सरकारले कुनै चासो नदेखाएको स्थानीयले आरोप लगाएका हुन् । हेलम्बु गाउँपालिकाको अध्यक्ष निमा ग्याल्जेन शोर्पाले पुल निर्माण भएको पनि आफुलाइ थाहा नभएको  र कानुन मन्त्रीले उद्घाटन गरेको मात्र सुन्नमा आएको भन्दै यसबारे आफुलाइ केहि जानकारि नभएको बताउनुभयो । स्थानिय सडक, पुल तथा सामुदायीक पहुँच सुधार कार्यक्रम अन्र्तगत जिल्ला समन्वय समिति र जिल्ला प्राविधिक कार्यलयको दुइ करोड २४ लाख आठहत्तर हजारको लागतमा सो पुल निमार्ण भएको हो । पुल निमार्णपछि इचोक हेलम्बु नुवाकोटका केहि भेगका मानिसहरुलाइ आवात जावत गर्न सजिलो भएको छ ।


,