च्याउ खेती प्रती आकर्सित बन्दै हेलम्बु


 जिल्लाका हेलम्बु गाँउपालीका वडा नं ४ र ५ का नागरिकहरु च्याउ खेती प्रती आकर्षित हुन थालेका छन । अरु खेती भन्दा अलि सजिलो र एतपादनमा पनी राम्रो सँग हेरबिचार गरिरहेमा यो खेतीले आत्मा निर्भता पाउँन थालेपछी यस पेशा प्रती स्थानीयहरु आकर्ष हुन थालेका हुन ।

यस ब्यबसायको लागी  गरिब सँग बिश्वेश्वर कार्यक्रम  द्धारा सामुदायक संस्थाका सदस्यहरुलाइ सिप बिकाश कार्यक्रम अन्तरगत  तिन दिने च्याउ खेती तालीम  दिएपछी यस पेशा प्रती नागरिकहरु आकर्षित बनेका हुन । साबीक महाकाल गाबीस हाल हेलम्बु गाँउपालीका वडा नं ४ र ५वडाका समुह हरुले यस खेतीका लागी तालीमको मामग गरेको हुँदा उक्त तालीमको ब्यबस्था मिलाइएको गरिब सँग बिश्वेश्वर कार्यक्रमका जिल्ला संयोजक  चन्द्र बहादुर   खत्रीले कार्यक्रममा  बताउँनु भयो ।
  स्थानीय श्रोत र साधनको प्रयोग गरेर स्थानीयलाइ रोजगारीका लागी  गरिएको उत्तल तालिममा २०महिला र १०पूरुस गरी जम्मा ३० जनाले तालीम एिका थिए तालीमको सामाजीक परिचालक यशोदा दङ्गाल र गाँउपालीकाका नाप्रास अमृता श्रोष्ठले सहजीकरण गर्नु भएको थियो ।  तालीममा सहभागी का तर्फबाट  बोल्दै दुर्गाा रमण लामीछानेले कम लगानीमा गरिने यो च्याउँ खेती  ले सबै लाइ रोजगाका साथै आर्थीक उन्नतीका लागी सहज भएको बताउँनु भयो तालीमको समापान संयोजक खत्रीले गर्नु भएको थियो । गरिबसंग बिश्वेश्वर कार्यक्रमले जिल्लामा यस्ता खालका आय आर्जनमुलक कार्यक्रमहरु संञ्चालन गरिरहेको छ ।

, ,