प्रेस काउन्सिल नेपालकोबिज्ञेप्ती

प्रेस काउन्सिल नेपालले बिभिन्न मितीमा गरिएको निर्णय अनुसार २७वटा संञ्चा गृहलाइ कालोसुचीमा राखेको जनाएको छ । प्रेस काउन्सिलनेपाले जेष्ठ १४गते एक बिज्ञेप्ती जारी गरि यस्तो जनकारी गराएको हो । काउन्सिलका सह प्रशाशकिय अधिकृत एबम सुचना अधिकारी दिपक खनाल द्धारा हस्ताक्षेरित बिज्ञेप्तीका अनुसार  मर्यादित, अनुशासित, जिम्मेवार एवम् उत्तरदायी पत्रकारिताका लागि प्रतिवद्ध रहन पत्रकार र सञ्चारमाध्यमलाई समय–समयमा घच्घच्याइरहेको विषय यहाँहरू सबैलाई विदितै छ । यसका लागि काउन्सिलले पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन गर्दै आइरहेको छ । छापा र विद्यूतीय आचारसंहिता अनुगमन शाखा संरचना खडा गरी अनुगमन कार्यलाई प्रभावकारी बनाइदैँ आएको छ । पत्रकार आचारसंहिता उल्लङ्घनसम्बन्धी उजूरी र स्वअनुगमनबाट पत्ता लागेका आचारसंहिता उल्लङ्घनका विषयमा सुनुवाई र छानबीन गरी बैठकसमेतबाट आवश्यक निर्णय लिन काउन्सिलका अध्यक्षकोे संयोजकत्वमा छापामाध्यम र विद्युतीय सञ्चारमाध्यम आचारसंहिता अनुगमन उपसमिति गठन गरिएको छ ।
यी छुट्टाछुट्टै उपसमितिमा नेपाल वार एशोसिएसनका प्रतिनिधिसमेत रहने व्यवस्था छ । पत्रकार आचारसंहिता–२०७३ अनुसार आचारसंहिता पालना नगरेको पाइएको अवस्थामा कारबाही र निर्णय गर्ने विभिन्न प्रक्रियाहरू रहेका छन् । आचारसंहिता पालनाका लागि काउन्सिलले पटक–पटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने सञ्चारमाध्यम पत्रकार आचारसंहिता–२०७३ को दफा ७ (ज) बमोजिम स्वतः अवज्ञाकारीको सूची ९द्यीब्ऋप्(ीक्ष्क्त्० मा पर्दछन् । दफा ७ (ज) मा उल्लेख गरिएको छ ः काउन्सिलको निर्णय वा निर्देशन अवज्ञा गर्ने पत्रकार वा सञ्चारमाध्यमप्रति खेद प्रकट गर्ने, अवज्ञाकारीको सूचीमा राख्ने र पटक–पटक गरिएका कारबाहीको विवरण तत्काल वा आवश्यकताअनुसार सार्वजनिक गर्ने ।’ यही प्रावधानअनुसार २०७४ साल साउन १ गतेदेखि २०७५ जेठ ९ गतेसम्म देहायबमोजिमका २७ वटा सञ्चारमाध्यम स्वतः अवज्ञाकारीको सूची ९द्यीब्ऋप्(ीक्ष्क्त्० मा परेका छन् ः