रोजगारीको सिर्जना र व्यवसाय सफलताको लागि उद्यमशिलता

नेपाल सरकार युवा तथा खेलकूद मन्त्रालय राष्ट्रिय युवा परिषद् जिल्ला युवा समितिको कार्यालय सिन्धुपालचोकको आर्थिक तथा प्राविधिक सहयोग र जिल्ला लघु उद्यमी संघ सिन्धुपाल्चोकको सहजिकरण तथा व्यवस्थापनमा चौतारा साँगाचोकगढी नगरपालिका वडा नं १२ मा उद्यमसिलता तालिम संचालन गरियो ।
१६ वर्ष पूरा गरेका र ४० बर्ष ननाघेका  युवाहरु २६ जनालाई  सातदिने तालिम प्रदान गरेको छ । स्थानीय स्तरमा नै उपलब्ध श्रम, सीप र साधनको समुचित प्रयोग बाट बस्तु उत्पादन तथा सेवा वितरण गर्ने उदेश्यको साथ तालिम सम्पन्न गरिएको छ । 
तालिम विपन्न समुदायका दलित, जनजाति र अन्य पुरुष ९ जना महिला १७ जनाको सहभागितामा  साँगाचोक बजार स्रोत केन्द्रको हलमा सञ्चालन गरिएको थियो । युवा पुस्तालाई रोजगारीमा जोड्न र स्वादेशमा नै रोजजारीको अवसर प्रदानगर्न यस तालिमको आयोजना गरेको आयोजक संस्थाको कार्यक्रम संयोजक विक्रम सुन्दासले जानकारी गराउनुभयो ।
जिविकोपार्जनको मुल आधार नै उद्यमसिलता विकास हो आफ्नो व्यवसाय संचालन गर्ने प्रक्रिया, व्यवसाय व्यवस्थापन गर्ने सम्पूर्ण सीप नै उद्यमसिलता हो ।
च्यदभचत ऋ। च्यलकतबमत ले उद्यमशीलतालाई यसरी व्यक्त गरेका छन् “उद्यमशीलता भनेको सम्पत्तिमा वृद्धि गराउने गतिशील प्रकृया हो । यसरी सम्पत्तिमा वृद्धि गराउने कार्य त्यस्ता व्यक्तिहरुले गर्दछन् जसले कुनै वस्तु वा सेवाको मूल्य वृद्धि गराउनको लागि समय, पुँजी र भविष्यको रुपमा पूर्ण जोखिम बहन गर्दछन् । उसले आवश्यक साधन, स्रोत र सीपको प्रयोग गरेर त्यसको महत्व वा मूल्यमा वृद्धि गराएको हुन्छ ।”
लघु उद्यम विकासको मूख्य उद्देश्य पनि उद्यम भन्दा पनि उद्यमशीलताको विकास गराउनु हो । यसमा सृजना गरिएका उद्यमीहरुले आफूमा भएको समय, सीप, पुँजीको प्रयोग गरी भविष्यमा जोखिम बहन गर्ने क्षमता राख्दछन् । साथै उद्यमशीलता भनेको भईरहेको सीप र लगानीमा रहेको पुँजीको अलावा उसले बढी सम्पत्ति कमाउने उद्देश्य राख्नु पनिहो । यसमा उसले व्यावसायिक क्षमता र खुबीको समेत विकास गरिसकेको हुन्छ ।
उद्यमशीलताको विकाससँगै प्रत्येक लघु उद्यमीहरु विभिन्न व्यावसायिक अवसरहरुको खोजीगर्ने र त्यसलाई आफ्नो उद्यम अनुकूलबनाउने प्रयाशतर्फ लाग्दछन् । जिल्ला लघु उद्यमी संघ (डिमेगाले स्थापनाकाल देखि नै लघु उद्यमविकास कार्यक्रमले तय गरेको विधिअनुसार लघु लद्यमीहरुमा उद्यमशीलताको विकासमा विशेष जोड दिँदै आएको छ । उद्यमीहरुमा उद्यमशीलताको विकास गराउन सहभागीहरुको किसिम, छनौटका आधार, उपलब्ध गराईने सुविधाहरु, तालिमस्थलको न्युनतम सुविधा, प्रशिक्षकहरुको योग्यता एवं पारिश्रमिक तथा सैद्धान्तिक र व्यावहारिक ज्ञान समेटिएको आवश्यकतामा आधारित पाठ्यक्रम समेतलाई एकिन गरी पृथक पृथक तालिमको निम्ति पृथक पृथक मार्गदर्शनको म्यानुअलहरु प्रयोग भईरहेका छन् । यस्तो मार्गदर्शन तयारीको लागि मेडेपले प्रयोगमा ल्याएको “आफ्नो व्यवसाय शुरु तथा सुधार गर्नुहोस्”भन्ने म्यानुअललाई उपयोग गरिरहेको छ ।
जसमा व्यवसाय सचेतता तथा सुरु तालिम साँगाचोकमा संचालन गरिएको छ । तालिम असाध्यै व्यवहारिक र घर परिवार संचालनको लागि समेत सहयोग पुग्ने र व्यवसायिक सफलताको तालिम सामाजिक, भौतिक, आर्थिक, मानवविक र प्राकृतिक रुपमा नै परिवारले सहयोग गर्नु पर्ने सिकाई भएको तालिम सहभागि कल्पना तामाङले बताउनुभयो ।
विभिन्न प्रक्रियाबाट छनौट गरी व्यवसाय गर्नसक्ने क्षमता भएको यस तालिममा सहभागीहरुले व्यवसाय के हो र किन गर्ने भन्ने बारेमा आधारभूत ज्ञान प्राप्त गरेका छन् । यसमा सहभागीहरुले आफूमाभएको साधन, स्रोत, क्षमता, सीप र समय आदिको प्रयोग गरी नाफाकमाउने उद्देश्यले गरिने काम नै व्यवसाय हो भन्ने बुझ्ने छन् तामाङ बताउनुहुन्छ ।