“कालि गोरी नेपालकी छोरी बजारमा

रोशन पोखरेल, काठमान्डाँै , जेष्ठ १०
नेपाली चर्चित मोडल तथा भिजे सोनिका रोकायाको अभिनयमा गायिका मिना ढकालको  “कालि गोरी नेपालकी छोरी ” बोलको लोक पप गीत बजारमा आएको छ ।

नेपाली मौलिक गीतमा आफनो प्रस्तुती दिन निकै खपिस रहेकी मिना आफुलाई नेपाली गीत संगीतमा अभ्यस्त राख्नको लागी विभिन्न समयमा आफनो सिर्जना बजारमा ल्याएको छ ।  मिना ढकालको शब्द सिर्जना तथा राज खड्काको लय सिर्जनामा मौलिक पनको शब्दको प्रयोग गरिएको छ । मुकेश हुमागाईँले  छायाँकन गरेको भिडियोलाई  राजेश कुमार ले सम्पादन गरेका छन । भिडियोमा युवा पुस्तामा निकै लोकप्रिय मानिएकी मोडल सोनिका रोकायाको गितमा सर्वोकृष्ट अभिनय रहेको  छ । गीतको म्युुजिक भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन ।