लोकप्रिय Huawei Nova 2i अब झन् सस्तो मूल्यमा

मध्यम मूल्यमा आकर्षक र भरपर्दो स्मार्ट फोन प्रयोग गर्न चाहनेहरूका लागि खुशीको खबर Huawei ले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै Nova 2i को मूल्य घटाएको छ ।
Huawei को Nova 2i नेपालमा सर्वाधिक विक्री हुने स्मार्ट फोनहरूमध्ये एक हो । यो नेपाली बजारमा भित्रिएको पहिलो 4 camera भएको स्मार्ट फोन पनि थियो ।
नेपालमा Nova 2i  ले पाएको भव्य सफलता र नेपाली ग्राहकले देखाएको माया एवं भरोसाको कदर गर्दै Huawei ले यसको मूल्य झन् सस्तो बनाउने निर्णय लिएको हो । पहिले रु ३३,९०० पर्ने यो स्मार्ट फोन अब मात्र रु ३०,९०० मा किन्न सकिन्छ ।
Huawei ले आफ्नो नयाँ उत्पादन Nova 3e नेपालमा भित्र्याएको केही दिनभित्रै Nova 2i को मूल्य घटाई नेपाली ग्राहक वर्गलाई सुखद् आश्चर्य दिन सफल भएको छ ।
अझ आकर्षक मूल्यमा उपलब्ध भए पनि Nova 2i  का विशेषताहरू भने उही छन् । 5.9-inch FullView Display स्क्रिन भएको यो स्मार्ट फोनमा भिडियोहरू हेर्दा ठूलो पर्दामा चलचित्र हेरे झैं लाग्छ । 4GB RAM, 64GB of expandable storage र Kirin 659 processor  सुविधाका कारण यो फोन निकै तीव्र गतिमा चल्छ । अड्किने वा आफै बन्द हुने समस्याहरू देखा पर्र्दैनन् । 3,340mAh battery, , finger sensor, android 7.0 operating system / hybrid SIM यसका अन्य केही विशेषता–सुविधाहरू हुन् ।
नेपाली बजारमा Nova 2i अत्यन्तै चल्नुका कारण यसको dual camera  पनि हो । यसको अगाडि र पछाडि दुबैपट्टि क्यामेरा जडान गरिएकाले तस्वीर खिच्दा पृष्ठभूमिलाई मधुरो वा धूमिल (blurr) गर्न पनि सकिन्छ । यसकारण, जुन व्यक्ति वा बस्तुलाई केन्द्र (focus) मा राखिएको हो, उसको एकदमै राम्रो तस्वीर आउँछ । सेल्फी त झन् राम्रो आउँछ ।
दुई selfie shooters (13MP/2MP) / rear cameras (16MP/2MP) भएको Nova 2i नेपालमा यति लोकप्रिय छ कि यसको दाँजोमा यो मूल्यका अन्य कुनै स्मार्ट फोन आउँदैन । आफ्ना प्रतिष्पर्धी स्मार्ट फोनहरूलाई Nova 2i ले सजिलै पछाडि पारेको छ ।
Nova 2i मा आधुनिक क्यामेरा सेटिङहरू पनि उपलब्ध छन्, जस्तै –ाfocus feature, wide aperture mode, auto and manual focus features.   व्यवसायिक फोटोग्राफरहरूले प्रयोग गर्ने डीएसएल क्यामेराको जस्तै विशेषताहरू भएको क्यामेरा जडित् यो फोन सही अर्थमा सेल्फी–फोन हो ।
यो स्मार्ट फोन पूरै metal ले बनेको छ ।  यसकारण हेर्दा र छुँदा पनि साह्रै आनन्द महशुस हुन्छ । अग्लो 18:9 aspect ratio display भएकोले Nova 2i अरु महङ्गा स्मार्ट फोनहरू झैं देखिन्छ । All-metal chassis, a rear fingerprint sensor  / Android 7.0 Nougat   मा आधारित EMUI 5.1 यसका अन्य विशेषताहरू हुन् ।
अहिलेलाई यो स्मार्ट फोन गाढा नीलो ( Aurora Blue), खैरो–खैरो पाराGraphite Black) र हल्का सुनौलो ( Prestige Gold ) रङहरूमा उपलब्ध छन् ।
को कालो (
समग्रमा यो स्मार्ट फोनमा ती सबै सुविधा–विशेषताहरू उपलब्ध छन्, जुन स्मार्ट फोन पारखीहरूलाई आवश्यक हुन्छन् । हेर्दामा चिटिक्क परेको, भुइँमा खस्दा पनि नफुट्ने, लामो समयसम्म व्याट्री टिक्ने, छरितो र नबिग्रने स्मार्ट फोन अब झन् आकर्षक मूल्यमा उपलब्ध भएपछि नकिन्ने त ?