जिल्लाको ५क्रसरउद्योग लाइ काम गर्नरोक जथाभाबी गर्नेलाइ कार्बाही स्थानीय निकायको अनुमती खारेजीमा काँग्रेसले बुझायो ज्ञापन पत्र



बैशाख २७,सिन्धुपाल्चोक
नेत्रबहादुरबस्नेत,सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती तथा सुनकोशी भोटेकोशी लगाएतका नदीमा  मापदण्ड बिपरित संञ्चलन रहेका  क्रसर उद्योग हरुको कार्यमा बिहीबार देखी रोक लगाएको छ ।




  भुकम्प का कारण पुनिर्माणका लागी केही लचकता अपनाउँदै नदीको बाुवा तथा गिटीमा प्रशाशनले निश्चीत मापदण्ड तैयार गरेर कार्य बिधी समेत निर्माण गरी नदी बाट बालुवा गिटी निकाल्न केही हद सम्म लचकता अपनाएको जिल्ला प्रशासन कार्यलयले पछिल्लो पटक बिहीबार देखी सबै खाले बालुवा तथा गिटी निर्माण गर्ने क्रसरहरलाइ रोक लगाएको छ ।
दिनानुदिन नदीको संरचना समेत ध्वस्त हुने गरी भुकम्प पिडीतका नाममा ठुला ब्यबसायीहरुको पैसा कमाउँने स्थलका रुपमा रहेको नदी किनारामा यसरी  क्रसर उद्योगको रोक लगाए पछी स्थानीयहरुले उक्त कदमको स्वागत गरेका छन भने प्रशासानले पनी यसलाइ निरन्तरता दिने भएको छ । पछिल्लो समयमा प्रमुख जिल्ला अधिकारी स्वयमले स्थलगत अनुगमन गरे पछी  धेरै  अस्त ब्यस्त र अनियमितता देखीएकोले    कार्बाहीको प्रकृया शुरु गरिएको हो । पटक पटक सचेत गराउँदा समेत अनीयमित तरिकाले क्रसर संञ्चालन गरेर बाताबरणमा नै अशर पारेको कारण ५वटा क्रसरलाइ उद्योग संञ्चालनमा रोक लगाएको हो ।स्थानीय सरकारले दिएको अनुमती पनी मापदण्ड बिपरित भएकाले सो अनुमती समेत खारेजी गरिएको छ ।
यसरी बन्द गर्न निर्देशन भएका क्रशर हरुमा श्रीमेलम्ची फटकेश्वर इन्द्रावती स्टोन प्राली,मेलम्ची १३ सिन्धुपाल्चोक,श्री जाल्पा इन्फ्रक्ष्टक्चर प्राली मेलम्ची १२सिन्धुपाल्चोक श्री गंङ्गा इन्द्रावती क्तशर उद्योग मेलम्ची १३ सिन्धुपाल्चोक, श्री पाल्चोकी माइ रोडा ढुङ्गा उद्योग मेलम्ची १२ सिन्धुपाल्चोक,श्री मेलम्ची ए क्रोन क्तसर एग्रीगेट प्राली मेलम्ची १३ सिन्धुपाल्चोक रहेका छन  भने  नदीमा बालुवा निकाल्नका लागी सबैलाइ रोक लगाइएको छ । यस अघी सहभागी मजदुरहरुलाइ समेत नदीमा गएर बालुवा गिटी ननिकाल्न अनुरोध गरिएको समेत प्रजिअ तामाङ्गले बताउँनु भएको छ । यसै बिच सिन्धुपाल्चोकको पहिचान दिनानुदिन क्षयिकरण हुदै गएको भन्दै रोकथाम र नियन्त्रणको लागि नेपाली कांग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले जिल्ला प्रशासन कार्यलयमा ज्ञापन पत्र बुझाएको छ ।ऐतिहासिक ,धार्मिक एंव प्राकृतिक महत्वका ईन्द्रावति,सुनकोसि ,भोटेकोसि,ब्रम्हायणि नदि अस्तित्व विहिन बन्ने खतरा बढेको भन्दै ज्ञापन पत्र बुझाएको कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ । सरकारी निकायहरु र स्थानिय तहनै संलग्न एंव सहयोगी बनेको समाचार प्रशारीत हुदासमेत सम्वन्धित निकाय मौन बसेपछि ज्ञापनपत्र बुझाउन बाध्य भएको नेपाली कांग्रेस सिन्धुपाल्चोक सचिव विल वहादुर तामाङले बताउनुभयो ।ज्ञापन पत्र बुझ्रदै प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जिल्लामा ग्रैह कानुनिरुपमा उत्खनन गरीरहेका ५ ओटा क्रसर उद्योगलाई बन्दगर्नको लागि सम्बन्धित निकायलाई पत्राचार गरीसकेको बताउनुभयो ।साथै उहाले क्रसरहरुले गरीरहेको उत्खनन बारेमा प्रशासनले बेलाबेलामा अनुगमन गरीरहेको र अनुगमनका क्रममा गत भदौदेखि ९ वटा स्काभेटर नियन्त्रणमा लिएको बताउनुभयो ।
साथै उहाले करीव ३० लाख भन्दा वढि राजस्व संकलन गरेको बताउनुभयो ।तामाङ्गले स्थानीय सरकारले दिएको अनुमती पनी मापदण्ड बिपरित भएका ले त्यसलाइ समेत रोक लगाइएको बताउँनु भयो । ज्ञापनपत्र बुझाउदै कांंग्रेस उपसभापति शिव सुनारले जिल्लामा पुननिमार्णको समय रहेको र राज्यमा दर्ताभई संचालनमा रहेको उद्योगबाहेक अन्य उद्योग बन्द गरी जिल्लाको बातावरणीय पक्ष जोगाईराख्न प्रमुख जिल्ला अधिकारी समक्ष अनुरोध गर्नुभयो ।


, , , ,