जनप्रतिनिधिहरु र जिल्ला स्थित सरकारी प्रमुखहरु बीच अन्तरक्रिया कार्यक्रमचौतारामा

स्थानीय जनप्रतिनिधिहरु र जिल्ला स्थित सरकारी कार्यालय प्रमुखहरु बीच  एक अन्तरक्रिया कार्यक्रम भएको छ ।
जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामाचौतारामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्लामा  रहेका सरकारी कार्यलयका प्रमुख पालीकाका प्रमुख, उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ,को सभापतीत्वमा भएको कार्यक्रममा जिल्ला स्थित विषयगत कार्यालयहरुकोवार्षिकसमिक्षापालिकाहरुमा खटिएका कर्मचारीहरुको  ब्यबस्थापनजिल्ला स्थित विषयगत कार्यालयहरुको आगामी कार्यक्रम सम्बन्धमा केन्द्रित रहेर गरिएको अन्तर क्रिया कार्यक्रमले जिल्ला समन्वय समिति सिन्धुपाल्चोकमा अवस्थित विषयगत कार्यालयहरुद्वारा आर्थिक वर्ष २०७४÷०७५ सालमा सम्पन्न भएका योजना कार्यक्रमहरुको वार्षिक प्रगति प्रतिवेदन माथि स्थानीय तहको गाउँपालिका तथा नगरपालिकाका प्रतिनिधिहरु र विषयगत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु बीच छलफलको माध्यमबाट अन्तरक्रिया सम्पन्न भएको हो ।सिन्धुपाल्चोक जिल्लाको विषयगत कार्यालयबाट देशको संरचना अनुसार सिन्धुपाल्चोक जिल्लाको १२ वटै स्थानीय तहहरुमा गाउँपालिका तथा नगरपालिकाहरुमा खटाइएका कर्मचारीहरु सम्बन्धित पालिकाहरुमा कार्यरत भए नभएको अनुगमनगरी  खटाइएका कर्मचारीहरु मध्ये सम्बन्धीत पालिकामा कार्यरत भए नभएको कारण सहित सम्बन्धीत पालिकामा जानकारी गराउने र आवश्यक कर्मचारीहरु अविलम्व व्यवस्थापन गर्ने निर्णय समेत  गरिएको छ । 

त्यसै गरी जिल्ला स्थित विषयगत कार्यालयहरुबाट आर्थिक वर्ष २०७५।७६ को लागि तयार भएको अर्थात छनौट भएको र सञ्चालनमा रहेको योजना तथा कार्यक्रमहरु बिबरण सम्बन्धीत  पालिकाहरुलाई कार्यक्रम, बजेट लागत र हालको अवस्था सहित यथाशीघ्र कार्यक्रमका जानकारी गराउँदै  जिल्ला स्थित सम्पूर्ण विषयगत कार्यालय र पालिकाहरुको चौमासिक रुपमा अन्तरक्रिया कार्यक्रम आयोजना गरी स्थानीय सरकार संञ्चालनमा बिषयगत कार्यलयहरुले गरेका र गर्न पर्ने कार्यहरुको  बिषयमा छलफल गर्ने निर्णय गरिएको छ । यस अघि जिल्ला शिक्षा समन्वय इकाई, जिल्ला खानेपानीका प्रमुख, भू संरक्षण कार्यालयका प्रमुख, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुखहरु लगाएत जिल्ला स्थित सरकारी कार्यलयका प्रमुख र स्थानीय प्रमुख उपप्रमुखहरुले आआफना धारणा राख्नु भएको थियो । धारणा राख्ने क्रममा बढी जस्तो शिक्षकाबारेमा केन्द्रित रहेका थिए ।
यस अघी बिषयगत कार्यलय प्रमुखहरुले कार्यलयको तर्फबाट धारणा राख्दै जिल्ला शिक्षा तथा समन्वय इकाईका प्रमुख गौरीशंकर पाण्डेले मन्तव्य राख्नुहुँदै शिक्षा क्षेत्रमा भूकम्पको कारणले धेरै विद्यालय ध्वस्त भएको र पुनर्निर्माणको कार्य भइरहेको ५ सय २८ वटा विद्यालयमा ४ हजार भन्दा बढी कोठा पूर्ण रुपमा ध्वस्त भएको निर्माण कार्य भइरहेको २५ वटा विद्यालयमा विद्यार्थी अभावका कारण भवन दिन नसकेको बताउनुभयो । त्यसैगरी ४५ वटा पुस्तकालय र ६० वटा शौचालय बन्नका लागि स्वीकृत भएको बताउनुभयो । 
त्यसैगरी घरेलु तथा उद्योगबाट सीप विकास तालिम, डकर्मी तालिम दिने गरेको घरेलु का शाखा अधिकृतराजेश्वरी शाहीले जानकारी गराउँनु भयो। महिला तथा बालबालिका कार्यालय प्रमुखसिता अधिकारीले २१ वटा महिला विकास समिति गठन भई मानव बेचबिखन सम्बन्धी काम भइरहेको बताउनुभयो । 
वाल क्लव दर्ता, विपदमा परेका बालबालिकालाई सहयोग, हिंसापीडित  महिलालाई सहयोग गर्ने, सरसल्लाह गरी सुझाव दिने काम भइरहेको बताउनुभयो । 

त्यसैगरी सामी परियोजनाले वैदेशिक रोजगारीमा जाने व्यक्तिलाई सूचना, परामर्श दिने काम, सीप र तालिम दिने काम र हराएका व्यक्तिलाई खोजतलास गर्ने काम भइरहेको सामीका रिना श्रेष्ठलेबताउनुभयो । त्यसैगरी खानेपानी कार्यालयका प्रमुख लक्ष्मी प्रसाद उपाध्ययले जिल्लामा खानेपानीका बारेमा जानकारी गराउँदै खानेपानीको गुणस्तर सुधार गरेको  बाह्रबिसे नगरपालीकामा र साँगाचोक गाविसको १०, ११, १२ वडामा २ हजार २ सय घरधुरीलाई खानेपानी वितरण गरिएको चौतारा बजार र मेलम्ची बजारमा र ढल व्यवस्थापन गरिरहेको बताउनुभयो ।
त्यसैगरी जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख पोमावती थापाले पोषण, एचआइभी एड्स, मलेरिया, खोप, परिवार नियोजनका कार्यक्रमहरु हाल जिल्ला स्वास्थ्य कार्यालयबाट भइरहेको बताउनुभयो । जिल्ला स्वास्थ्य कार्यालयका कर्मचारीहरुलाई क्षमता विकास तालिम पनि दिइसकेको उहाँले बताउनुभयो ।  कार्यक्रममा गाँउपालीका महासंघका महासचिब तथा यन्द्रावती गाउँपालीकाका प्रमुख बंशलाल तामाङ्ग चौतारा साँगाचोक गढी नगरपालीकाका प्रमुख अमानसिंतामाङ्ग,मेलम्ची नगरपालीका प्रमुख  डम्बर अर्याल, लगाएत १२वटै स्थानीय सरकारका प्रमुख तथा उप प्रमुख हरुले आआफ्ना धारणा राख्नु भएको थियो भने जिल्ला सम्मन्वय समितीका प्रमुख तथा कार्यक्रमका सभापती कृष्ण गोपाल तामाङ्गले निर्णबारे जानकारी गराउँनु भएको थियो ।   



, , , ,
Lokpriyasamachar@. Powered by Blogger.