पीडित किसानले पाए आधिकार



रिता ढकाल
इन्द्र्र्रावती गाउँपालिका वडा नं १सिम्पालकाभ्रेमा जिल्ला भूमिअधिकार मञ्च सिन्धुपाल्चोकको आयोजनामा  पुस्तौदेखि जग्गा कमाउँदै आएका तर कानुनी स्वामित्व नपाएका १८ घर परिवारलेकुल क्षेत्रफल ६९२ रोपनी गुठी जग्गाको लालपूर्जा प्राप्त गरेका छन् ।
उक्त कार्यक्रम इन्द्रावती गाउँपालिका उपाध्यक्ष मीरा अधिकारी लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । प्राकृतिक स्रोत द्धन्द रूपान्तरण केन्द्र पूर्व जिल्ला उपाध्यक्ष क्षेत्र तामाङ,छहरे घ्याङ गुठीको प्रमुख ओम्पु लामा,  वडा नं १ का वडा अध्यक्ष श्री लामा,  पूर्व जिल्ला अध्यक्ष नवराज गुरागाईँ, बर्तमान जिल्लाजिल्ला अध्यक्ष पातली थामी, उपाध्यक्ष अर्जुन खड्का र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रका कार्यकारी निर्देशक जगत देउजाको उपस्थिति रहेको थियो ।
संख्याको हिसाबले १८ घरपरिवार मात्र भए पनि अंशबण्डा र नामसारी गर्दा ६५ घर परिवारले यसको लाभ प्राप्त गर्नेछन् । लालपूर्जा नभएको कारण उक्त परिवारले विजुली बत्ती बाल्नका लागि मिटर बक्स समेत पाउन सकेका थिएनन् । यस लालपूर्जा वितरण पछि उनीहरूलाई बत्ती बाल्नका लागि सहज भएको छ । लाजपूर्जा प्रमुख अतिथि  विशेष अतिथीबाट वितरण गरिएको थियो । लालपूर्जा प्राप्त भैसकेपछि  बर्ष चालिसका सोमलाल तामाङले खुसी हुँदै भने – ‘हामी जग्गा भएर पनि कानुनी रुपमा सुकुम्बासी सरह भएका थियौँ । बत्ती बाल्नको लागि पूर्जा नभएर मिटर बक्स पाएका थिएनौ अरुले मिटर बक्स पाउँदा आफूले नपाउँदा म यो देशको नागरिक नै हैन कि? जस्तो लागेको थियो ।
’भूमि अधिकार मञ्चलेभुकम्पबाट प्रभावित व्यक्तिको नाममा जग्गा दर्ता गर्ने सम्बन्धि कार्यविधि २०७२  अनुसार छहरे ध्याङ गुठीको पुर्जा निर्माणको प्रक्रियामा निवेदन पेश, मालपोतमा बसेर निवेदनको छानविन, मालपोत कार्यालय सँग बैठक, जग्गा दर्ता समितिको बैठक, गुठी संस्थामा गएर १८ लाख ५८ हजार २० रुपैँया बराबरको तिरो छुट गराउने प्रक्रियामा सहजीकरण गरी गुठीको लालपुर्जा निर्माणमा सहजीकरण गरिएको थियो । मञ्चले यस अघि हेलम्बु गाउँपालिका वडा न. २ को निगाले ध्याङ गुठी ४१ घरपरिवार, मेलम्ची नगरपालिका वडा नं १३ फटकशिलाको पशुपति महास्नान गुठीको १२५ घरपरिवारलाई लाजपूर्जा वितरण गरिएको थियो ।




, , ,
Lokpriyasamachar@. Powered by Blogger.