स्थानीय तहको क्षमता अभिवृद्धिकाविषयक तीन दिने तालिम

स्थानीय तहको जनप्रतिनिधि तथा कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि खरिद व्यवस्थापन तथा संवैधानिक विपत व्यवस्थापन विषयक
तीन दिने तालिम समापन भएको  छ ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोक जिल्लाद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा १२ वटै पालिकाका प्रमुख प्रशासकिय अधिकृत, आर्थिक विभागका प्रमुखहरु सहितको उपस्थिति रहेको थियो ।समन्वय समितिका संयोजक कृष्णगोपाल तामाङको संयोजकत्वमा भएको उक्त तालिममा कोष तथा लेखा नियन्त्रक लक्ष्मीप्रसाद निरौला, आयोजना कार्यान्वयन निर्देशनालय काठमाडौंका लिलाप्रसाद ढकालले प्रशिक्षण दिनुभएको थियो । 
प्रशिक्षणमा चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत  इन्द्रप्रसाद वस्याल, भोटेकोशी गाउँपालिका प्रशासकीय अधिकृत पूर्ण बहादुर  शाख नकर्मी रबिन्द्रप्रसाद सुदेवी त्यस्तै चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नरमान श्रेष्ठ, हेलम्बू गाउँपालिकाका लेखापाल साइमन पन्त,

लिसंखुपाखर गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत  निरन्जन पाख्रिन लगायत १२ वटै पालिकाका लेखापालहरु को उपस्थिति रहेको थियो ।
कुशल अधिकारी, त्रिपुरा सुन्दरी, सुरेन्द्र तिलम्बु लिसंखुपाखर गाउँपालिका, किरण मास्के बलेफी गाउँपालिका, शैलेन्द्र यादव जुगल गाउँपालिका लगायतको उपस्थिति रहेको थियो ।
१२ वटा पा
लिकाका कर्मचारीहरुलार्ई प्रशिक्षण दिँदै कोष तथा
लेखानियन्त्रण कार्यालय सिन्धुपाल्चोकका प्रमुख निरौलाले सरकारले दिएको अनुदान एकमुष्ट हुँदा धेरै देखिन्छ तर त्यहाँ भित्रशिक्षक तथा अन्य कर्मचारीको तलव समेत त्यस भित्र रहेका हुन्छन् तिनीहरुको विषयमा समेत सर्वसाधारणलार्ई जानकारी दिएर बजेट सम्बन्धी पारदर्शिता गर्नुपर्छ भन्नुहुँदै भए गरेका कामका विवरण कसैको प्रभावमा नपरी यथार्थता भित्र रहेर काम गर्न समेतको प्रक्रिया बताउँदै सबै क्षेत्रको आर्थिक बिकाशका लागी पारदर्शिता हुन पर्ने बताउँनु भयो ।
कार्यक्रमको समापन समारोहमाको सञ्चालन जिल्ला सम्मन्वय समितीका सदस्य सकुन्तला माझीले गर्न भएको थियो भने उप प्रमुख बालकुमारी सापकोटाले स्वागत मन्तब्य राख्नु भएको थियो ।
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ्गले सहभागीलार्ई प्रमाण पत्र बितरण गर्नुभएको थियो ।

, , ,