नगरवासीकोअभिभावकीय भूमिका निर्वाहगरिरहने नगर प्रमुख तामाङ्ग
नगरपालिकाको वडाध्यक्षहरु मध्ये आफू उमेरले नभए पदले जेठो भएको अरु चौध वडाध्यक्षहरु भाई भएकाले भाईसँग पनि सल्लाह गरेर आफ्नो परिवारको रेखदेख गर्ने बताउँदै आपूm पूरै नगरवासीको मुख्य अभिभावकीय भूमिका निर्वाह गरिरहेको र गरिरहने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ्गले बताउनुभएको छ ।





बिकाशका कार्यक्रमका लागी आफूले स्थानीय श्रोत साधनको प्रयोग गरेको र स्थानीय श्रोतले नभ्याएको खण्डमा बाह्य श्रोतको समेत ब्यबस्थापनमा लागी परेको हुँदा विकासका काममा सबै मिलेर अगाडी बढ्न पर्ने बताउनुभयो । लागत सहभागिता सहित सोह्र लाख उनान्चास हजारमा निर्माण गरिएको बेजट हिसाब सार्वजनिक गर्दै समितिका तर्फबाट गणेश श्रेष्ठले आगामी दिनमा पनि सबैलाई बाटो संरक्षणमा लागी रहनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपाका नेताहरु इन्द्र प्रसाद नेपाल, रामशरण बिक लगाएतले मन्तब्य राख्नु भएको थियो भने जङ्गलछाप सेतो मोटरबाटो उपभोक्ता समितिका अध्यक्ष यमबहादुर श्रेष्ठको सभापतित्वमा भएको थियो । बिष्णु राणाले स्वागत मन्तब्य राख्नु भएको उक्त कार्यक्रममा स्थानीय समाजसेवी तथा नेता चन्द्र धिमालकोटी अरनिको यातायात सेवाका उत्तरकुमार श्रेष्ठ लगाएत स्थानीय सर्वसाधरणको बाक्लो उपस्थिती रहेको थियो ।