खेल विकासका लागि आफू सधैं अग्रसर प्रमुख तामाङ

खेलको विकास भयो भने शारीरिक विकास हुन्छ, शारीरिक विकास भयो  भने आर्थिक र सामाजिक विकास हुन्छ, सामाजिक विकास भयो भने राष्ट्र विकास हुने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बताउनुभएको छ ।


उहाँले नगरवासीको सुरक्षा विकासका लागि पनि खेलकूदले महत्वपूर्ण स्थान ओगट्ने भएकोले यसको विकासका लागि आफू सधैं अग्रसर रहने बताउनुभयो ।
उहाँले हिराहरी तेक्वान्दो डोजाङको वार्षिकोत्सवको प्रमुख अतिथिको आसनबाट बोल्दै उक्त कुरा बताउनुभएको हो । डोजाङको वार्षिकोत्वसमा खेलाडीहरुले आ–आफ्नो कला प्रस्तुत गरेका थिए । वार्षिकोत्सवमा बोल्दै डोजाङका प्रमुख सल्लाहकार एवम् खेलाडी सुवर्ण मानन्धरले जिल्ला खेलकूद विकास समितिले खेलकूदको विकासको लागि खासै चासो नदिएको उत्कृष्ठ खेलाडीहरुलाई प्रतियोगितामा सहभागी नगराएर मनोमानी गरेको भन्दै निष्पक्ष रुपमा काम गर्नुपर्ने बताउनुभयो ।
डोजाङका संस्थापक एवम् प्रशिक्षक डोजाङ प्रमुख रमेश गुरुङले खेलकूद विकासका लागि डोजाङले पु¥याएको भूमिकाको बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सञ्चालन डोजाङ प्रमुख रमेश गुरुङले गर्नुभएको थियो ।

, , ,
Lokpriyasamachar@. Powered by Blogger.