‘रेलीमाइ’भिडियोसार्वजनिक

गायिका इन्दिरा जोशी ‘रेलीमाइ’  बोलको गीत एवं भिडियो लिएर दर्शक तथा श्रोतामाझ आएकी छन् ।
‘रेलीमाइ’मा गायिका जोशीसँगै युवागायक आर्जन पाण्डेको पनि स्वर छ ।

सार्वजनिक गीतमा प्रतिक पौडेलको शब्द तथा संगीत रहेको छ । रिकेश गुरुङ संगीत संयोजक रहेको यस भिडियोमा गायिका जोशी तथा गायक पाण्डेले नै अभिनय गरेका छन् ।
डान्स बीटको यस भिडियोमा गायिका जोशीको नृत्य समेत जमेको छ । भिडियोमा उनीहरुले प्रेमदेखि विवाहसम्म गरेका दृश्यलाई आकर्षकशैलीमा चित्रण गरिएको छ ।
‘रेलीमाइ’लाई हरि हुमागाइँले खिचिका हुन् भने निर्देशन प्रविण सिंहले गरेका हुन् । निशान घिमिरेले सम्पादन गरेको यस भिडियोमा श्याम लामा तथा सुमन लामाले कलाकारलाई सिँगार्ने काम गरेका छन् ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.