चौतारा सँगाचोक गढीवडा नं १४ मा बार्षीक कार्य समिक्षा कार्यक्रम

सिन्धुपाल्चोक जिल्ला चौतारा सँगाचोक गढी  नगर पालीका वडा नं १४ मा बार्षीक कार्य समिक्षा तथा योजना तर्जुमा सम्बन्धी कार्यक्रमको आयोजना गरिएको छ । २१र २२ गतै चल्ने उक्त कार्यक्रममा  बोल्दै स्थानीय स्तरको स्रोत साधन प्रयोग गरेर गरिने उद्योग विकास तथा स्थानीयको सहभागितामा गरिने विकास निर्माणहरु स्थायित्व र पारदर्शी हुने चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत इन्द्रप्रसाद बस्यालले बताउन’भएको छ .

उहाँले नगरपालिकाको वडा नं. १४ मा आयोजित गत वर्षको विकास निर्माणका कामहरुको समिक्षा तथा आगामी वर्षका लागि योजना तजर्’मा सम्बन्धि छलफल कार्यक्रमको प्रमुख अतिथिको आसनबाट बोल्दै यस्तो बताउनुभएको हो .
उहाँले विकास निर्माणको लागि पञ्च वर्षिय योजना निर्माण गरेर अगाडि बढ्ने जमर्को गरेकोमा धन्यवाद दिँदै कुनैपनि योजनाहरुको बारेमा सुचनाको हक सम्बन्धी व्यवस्थालाई पनि मध्यनजर गर्दै सबै नागरिक भेला गराएर गरिएको योजनामा पारदर्शिता हुने ह’ुदा यस्तो कार्यक्रम गराई १४ नं. वडाले राम्रो काम गरेको बताउनुभयो .
उहाँले विकासका कार्यक्रमको लागि जनसहभागिताको आवश्यकता रहेको बताउँदै उत्पादनमुलक क्षेत्रमा प्राथमिकता दिनुपर्ने, आयआर्जनमुलक कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने, जंगल संरक्षण गरेर नयाँ विरुवा रोप्ने काममा अगाडि बढ्नुपर्ने लगायत नगरपालिकाबाट गरेको निर्णयलाई तल्लो स्तरसम्म पुर्याएर सेवा दिन वडाका अगुवाहरुले वडा कार्यालयलाई साथ दिइरहेको उल्लेख गर्दै नगरवासीले पाउन’ुर्ने सुविधामा नगरपालिकाले कुनैपनि कञ्जुस्याइँ नगर्ने बताउनुभयो .
वडा अध्यक्ष शेरबहादुर श्रेष्ठले गत वर्ष विनियोजित गरिएका बजेटका विषयमा जानकारी दिँदै कार्यान्वयनको बारेमा भएको प्रगति विवरण र भुकम्प पीडितको किस्ता ढिलाई हुनुको कारण बारे जानकारी गराउँदै  त्यो समस्या हल भएको ले अब किस्तामा ढिलाई नहने बताउनुभयो .
उहाँले नगरपालिका मध्ये १४ नं. वडामा मात्र पीडितको नाम बिग्रेकोले त्यो बिग्रेको नाम सच्याएर किस्ता दिलाउन आफुलाई ठुलो समस्या परेको बताउनुभयो .
कार्यक्रममा वडा नं. १३ का वडा अध्यक्ष रामप्रसाद गौतम, स्थानीय नेकपाका नेता उद्धव नेपाल, शिक्षक लालबहादर श्रेष्ठ ले मन्तव्य राख्नुभएको थियो .
वडा कार्यालयमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव राजेन्द्र श्रेष्ठले गर्नुभएको थियो . कार्यक्रम दुई दिनसम्म सञ्चालन हुने छ ।  कार्यक्रमले आगामी ५ वर्षभित्र गरिने कार्ययोजना समेत तयार गर्नेछ अध्यक्ष श्रेष्ठले  उपस्थितलाइ प्रस्तुत गर्नु  हुदै भन्नुभयो
नेपालको संविधान २०७२ जारी भएर मुलकले स्थायित्व प्राप्त गरेपश्चात यस चौतारा सागाचोकगढी नगरपालिका वडा नं. १४ मा निर्वाचित हामी जनप्रतिनिधीहरुले आफ्नो कार्यकालको १ वर्ष पुरा गरेको उपलक्ष्यमा १ वर्षको अवधिमा भए गरेको कामहरुको विवरण लिएर तपाईहरु समक्ष उपस्थित भएको छौ । विभिन्न कानुनी अड्चन र व्यवधान, वडा कार्यालयको कार्यसञ्चालन गर्ने भवनको अभाव, आवश्यक न्यनतम कर्मचारीहरुको अभाव ,लगायत अन्य भौतिक पुर्वाधारहरुको अभावको विचमा ती समस्याहरुलाई सहर्ष रुपमा सामना गर्दै हामीले यहाको वस्तु स्थिती र आधारभुत प्राथमीकताका योजनाहरुलाई वस्तीस्तरमा गई संकलन गरि वडा समिती लगाएत सरोकार राख्ने सम्पुर्ण वुद्धिजिवीहरुलाई समेटी उक्त योजनाहरुलाई प्राथमिकीकरण गरि वडा समितीले पारित गरि चौतारा सागाचोकगढी नगरपालिकामा पेश गरि उक्त योजनालाई स्विकृत गराई वडावासीहरुको सहभागीता र चाहानाअ अनुसार सम्पन्न गर्ने कार्यमा जुट्यौ ।
२०७२ सालको विनाशकारी भुकम्पवाट अति प्रभावित यस वडाको निजी तथा सामुदायिक विद्यालयहरुको पुनः निर्माण गर्ने कार्यलाई  नगरपालिका र अन्य संघ सस्थासमेतसंग समन्वय सहकार्य तथा अनुरोध गरि पहिलो प्राथमिकतामा राखी हामीले काम सुरवात गर्यौ । निर्माण कार्यलाई प्रभावकारी वनाउन वडाभित्रको ९९ प्रतिशत सडक सञ्जाललाई विस्तार गरियो । साथै यस वडालाई कृषि पकेट क्षेत्र घोषणा गरि आवश्यक कार्यक्रम विनियोजन गर्न नगरपालिका समक्ष अनुरोध गर्ने काम समेत भएको छ ।
१ वर्षमा यस वडा कार्यालयले सम्पादन गरेको कार्यहरुको सुची तयार गरि यस वडाका सम्पुर्ण वासिन्दाहरु लगाएत अन्य सरोकार राख्ने सरोकारवालाहरु समक्ष यसको जानकारी पुर्याउने जमर्को गरेको छौ ।
१.चौतारा सागाचोकगढी नगरपालिका वडा नं. १४ को सामान्य परिचय
चौतारा सागाचोकगढी नगरपालिकावाट १७ किलोमिटर दक्षिणमा अवस्थित यो वडा काठमाण्डौवाट ७४.५ किलोमिटर उत्तर,पुर्वमा पर्दछ । यस वडाको नाम डडुवा राखिएको छ । सुन्दर हरियाली विशाल वनंजगलले घरिएको ईन्द्रावती र झ्याडी खोलाको दोभानको विचमा रहेको यो वडामा व्राम्हण क्षेत्रीको वाहुल्यता रहेको छ । साथै यो वडामा व्राम्हण क्षेत्री नेवार तामाङ दलित माझी सन्यासी आदि जातजातीहरुको वसोवास रहेको छ । हावापानीमा ईन्द्रावती किनार क्षेत्रमा प्रशस्त गर्मी तथा उत्तर भेगमा मझौmला हावापानी रहेको छ ।




सामान्य जानकारी
प्रदेश नं. ३
जिल्ला ः सिन्धुपाल्चोक
नगरपालिका ः– चौतारा सागाचोकगढी नगरपालिका
वडा नं. १४
सिमाना
पुर्व ः– १०,११,र १२ वडा चौतारा सागाचोकगढी नगरपालिका
पश्चिम ः– ईन्द्रावती गाउपालिका
उत्तर ः– चौतारा सागाचोकगढी नगरपालिका १३ नं. वडा
दक्षिण ः– ईन्द्रावती नदि र काभे्र जिल्लाको सिमाना
वडा कार्यालय रहेको स्थानको
उचाई  ः– १३१७ मिटर
अक्षांस  ः– २७ डिग्री ४३ मिनेट
देशान्तर ः– ८५ डिग्री ४१ मिनेट
क्षेत्रफल ः–
घरधुरी संख्या ः–७४६
जनसंख्या ः– करिव ३७५० जना
निर्वाचन क्षेत्र ः–२
धार्मीक पर्यटकिय स्थल ः– कालिदेवी मन्दिर, ईन्द्रावती नदिमा डुङ्गा वहन,असिने गुम्वा,खोके पाटी,मुल धारा महादेवथान  ।

२.निर्वाचित पदाधिकारीहरु
१. वडाध्यक्ष ः– शेर वहादुर श्रेष्ठ
२. महिला वडा सदस्य ः– विष्णुमाया तामाङ
३ वडा सदस्य ः– भेष वहादुर खत्री
४. द.म. वडा सदस्य ः– शर्मिला रसाईली
५. वडासदस्य ः– मिलन माझी

३. २०७२ सालको विनाशकारी भुकम्पको कारण भएको क्षति
क. मानविय क्षति ः– ८ जना
ख. व्यक्तिगत आवाश क्षति ः– पुर्ण क्षति
ग. सामुदायिक विद्यालय क्षति ः– ३
घ. निजी विद्यालय क्षति ः– १
ङ अन्य क्षति ः– खानेपानी मुहान सुकेको ,सडक भत्केको, पशुपंक्षिहरु आदि ।


४. पुनः निर्माणमा भएको प्रगती
जम्मा लाभग्राही संख्या ः– ६४० (सुरु लाभग्राही ६३७ र गुनासो लाभग्राही ३ जना ।)
दोस्रो किस्ता पाउनेको सिफारिस भएको ः– ५८३ (९१ प्रतिशत)
तेस्रो किस्ता पाउनेको सिफारिस भएको ः– २७० (४२ प्रतिशत)

५. शिक्षा तर्फको भौतिक प्रगती
सि.नं. पुर्वाधारको नाम लागत भौतिक उपलब्धी सहयोगी निकाय कैफियत
झमलादेवी आ. वि. १६,००,००० चारकोठे भवन हेल्प÷टुकिसंघ
सेती देव ीआ.वि. १ क.२० लाख २ वटा भवन       ”
डडुवा भवानी शंकर मा.वि( १ क. ४२लाख ५ वटा भवन
डडुवा भवानी शंकर मा.वि( ४० लाख १० कोठे भवन जि.शि.का र विद्यालय
डडुवा भवानी शंकर मा.वि( ३६ लाख ८कोठे भवन जि.शि.का , सम्झौता
साथै प्रत्येक विद्यालयमा ई.सि.डी देखि यू .के.जी सम्मको कक्षालाई अग्रजी माध्यमवाट पठनपाठन गर्ने यवस्था मिलाएको छ । माध्यमिक विद्यालयमा कम्प्यूटर शिक्षा लागु गरिएको छ ।
६. खानेपानी तर्फ
                 यस वडामा भएको खानेपानीको विकराल अभावको अवस्थालाई समाधान गर्न वडाको पहल र स्थानियवासिको सक्रिय सहभागीतामा डडुवा खानेपानी मुहान र गोल्मा देवी खानेपानी मुहानको दुई वटै मुहान लाई एकत्रित गरि  २५.५ मिटर गहिरो, १०९.५ मिटर लम्वाई र ७ मिटर चौडाई भएको डडुवाको अधिकारी डाडा काटेर  खानेपानी विस्तार गर्ने कार्यलाई सहज गरियो । जसको अनुगमन गर्न चौतारा सागाचोकगढी नगरपालिकाका प्रमुख श्री अमानसिंह तामाङ ज्यु समेत आउनु भएको थियो । जुन कार्य वडाको यस आ.व.को वजेटवाट सम्पन्न गर्न नसकिएको हुदा आगामी आ.व.मा नगरपालिकावाट सो वापतको रकम रु. ४ लाख ९६ हजार रुपैयाको व्यवस्था गर्न नगर प्रमुख सकारात्मक रहेको व्यहोरा समेत जानकारीको लागी अनुरोध छ ।

७. कृषि तथा पशुपालन तर्फ
               यस वडामा चौतारा सागाचोकगढी नगरपालिकाको ३० प्रतिशत अनुदानमा १० वटा भैसी खरिद गर्नको लागी सम्झौता गरि खरिद प्रक्रिया अगाडी वढेका छ ।
               जिल्ला कृषि विकाश कार्यालयको  रु. २५०,०००।–अनुदानमा १ ओटा तरकारी संकलन केन्द्र यस वडा स्थित भुलेटारमा सम्पन्न भएको छ ।
               नगरपालिकावाट डडुवा ठाटी भन्ने स्थानमा तरकारी संकलन केन्द्रको लागी रु. ५०००००।– विनियोजन भएकोमा सो कार्यको सम्झौता गरि निर्माणकार्य भै रहेको छ ।
               यस वडामा जिल्ला पशु सेवा कार्यालयवाट प्राविधिक आई ३०० वटा वाख्रालाई विभिन्न रोग निवारण गर्ने भ्याक्सिन लगाउने कार्य सम्पन्न भएको छ ।

८. यस वडाले आ.व. २०७४÷७५ मा वडावाट विनियोजित भएको योजना तथा कार्यक्रमहरुको विवरण
चौतारा साँगाचोकगढि नगरपालिका
वडा नं. १४,डडुवा,सिन्धुपाल्चोक
आ.व २०७४÷२०७५

क्र.स एक बर्षमा सम्पादन तथा सञ्चालन भएका कार्यक्रमहरु बजेट विवरण
           सिंचाई
असिने साउने खोला बिरौटा सिंचाइ पोखरी ५०,००० सम्झौता भएको
२. देउराली खोला ढुकुरे खेत सिंचाई ५०,००० सम्झौता भएको
३. जुके पानी घाट सिंचाई पोखरी तथा खानेपानी १,००,००० सम्झौता भएको
४. असिने जलजले सिंचाई पाइप १,००,००० सम्झौता भएको
५. ढांडे सडक लाईन १,००,००० सम्झौता भएको
जम्मा ४,००,०००
           सडक तर्फ
१. साँगाचोक डडुवा ठाटी मोटर बाटो कालोपत्रे ३,००,००० भुक्तानी लिएको
२. साँगाचोक रानिटार असिने चुनखानी मोटरबाटो १६,००,००० भुक्तानी लिएको
३. ठाटी दलित बस्ती अर्चले रानिटार मोटरबाटो २,००,००० सम्झौता भएको
४. असिने खोके तिनाले खोके झोलुङ्गे मोटरबाटो २,००,००० भुक्तानी लिएको
५. झुलेटार झ्याडी मोटरबाटो ३,००,००० भुक्तानी लिएको
६. रानिटार सिस्नेरी केराबारी मोटरबाटो २,००,००० भुक्तानी लिएको
७. खर्कडांडा आगे मोटरबाटो १,००,००० भुक्तानी लिएको
८. तानलाउने चौर भुमेश्थान बस्नेत गाँउ मोटरबाटो १,००,००० भुक्तानी लिएको
९. डाडाथोक धैरेनी मोटरबाटो ५०,००० भुक्तानी लिएको
१०. भीमटार अर्चले सिस्नेरी मोटरबाटो २,००,००० भुक्तानी लिएको
११. बटुके अर्चले ढाँडे कृषी सडक १,००,००० भुक्तानी लिएको
१२. रानिटार मिजार टोल मोटरबाटो १,००,००० भुक्तानी लिएको
१३. गैटार डडुवा गोरेटो बाटो १,००,००० भुक्तानी लिएको
१४. डाडाथोक झुलेटार झोलुङ्गे मोटर बाटो १,००,००० भुक्तानी लिएको
१५. साहुटोल असिने मोटरबाटो मर्मत ५०,००० रकमान्तर
जम्मा ३७,००,०००
चौतारा सागाचोकढी नगरपालिकाले प्रदान गरेको अनुदानहरु
१ सागाचोक रानीटार असिने चुनखानी मोटरवाटो       ः– ४०००००।–
२. रन हो गूम्वा                                    ः– ३०००००।–
३. सिमखेत मन्दिर                                  ः– १०००००।–
४. गैरीटार खेल मैदान                               ः– १०००००।–
५. दशैको अवसरमा सम्पुर्ण वाटो मर्मत तथा सम्भार     ः– ३०००००।–
            चौतारा साँगाचोकगढि नगरपालिका वडा नं. १४ आ.व २०७४÷२०७५

खानेपानी बजेट विवरण
रानीटार बरको मुनी लिफ्ट खानेपानी ३,००,००० सम्झौता भएको
२. गैरी खेत खानेपानी कुवा मर्मत १,००,००० सम्झौता भएको
३. डडुवा भरीको खानेपानी मर्मत १,००,००० सम्झौता भएको
जम्मा ५,००,०००
पुर्वाधार
झुलेटार खेल मैदान २,००,००० भुक्तानी लिएको
२. श्री डडुवा भवानी शंकर मावि व्यवस्थापन ६,००,००० सम्झौता भएको ।
३. श्री सेतिदेवि आधारभुत बिद्यालय १,५०,००० भुक्तानी लिएको
४. श्री झमला देवि आधारभुत बिद्यालय भवन १,५०,००० भुक्तानी लिएको
५. जलवायु परिवर्तन अनुकलता प्रयास ५०,००० रकमान्तर गरिएको ।
जम्मा ११,५०,०००
लक्षित तर्फ
१. महिला बालबालिका दलित जेष्ठ,अपाङ्ग जनजाती बिकास २,००,००० सम्झौता भएको ५००००।– रकमान्तर ।
२. बैदेशिक रोजगारी सम्बन्धी तालिम प्रशिक्षण ५०,००० सम्झौता भएको
३. विपद ब्यवस्थापन १,००,००० रकमान्तर गरिएको ।
४. सामाजिक मेलमिलाप कार्यक्रम ५०,००० सम्झौता भएको
जम्मा ४,००,०००
स्वास्थ्य सेवा सम्झौता भएको
१. स्वास्थ्य ब्यवस्थापन खर्च १,५०,०००
जम्मा १,५०,०००
कृषी सेवा
१. झ्याडी मच्छेपालन कार्यक्रम २,००,००० सम्झौता भएको
२. उन्नत बिउ अगुवा कृषक समुह १,००,००० सम्झौता भएको १ लाख
रकमान्तर गरिएको ।
३. जम्मा ४,००,०००
विद्युत तर्फ
१. ढाडे बनपाले टोल, पैरे तिनआले टोल बिद्युत जडान ३,००,००० सम्झौता भएको
जम्मा ३,००,०००

रकमान्तर गरेको रकम
१ साहुटोल मो.वा,अगुवा कृषि अनुदानको रु. १५००००।– असिने खोके तिनाले खाके मोटरवाटोको लागी रकमान्तर गरिएको
२.जलवायु परिर्तन र विपद व्यवस्थापनको रु. १५००००।– सागाचोक रानीटार असिने चुनखानी मोवा.को लागी रकमान्तर
३. महिला बालबालिका दलित जेष्ठ,अपाङ्ग जनजाती बिकासको रु. ५००००।– खानेपानी पाईप मर्मतको रकमान्तर गरिएको ।                                                                  .