ब्यान्ड एन। एस ११३४ को फेसबुक लब सार्वजनिक


फिल्मी फण्डा । ब्यान्ड एन। एस ११३४ को प्रस्तुतीमा नयाँ गीत फेसबुक

सार्वजनिक भएको छ । गीतमा सुजन शाक्यको शब्द, रिक्की शाक्यको कन्सेप्ट तथा डिरेक्सन, र मनोज भेलेको छायांकन तथा सम्पादन रहेको छ भने सहायक छायांकरको रुपमा डेबिन श्रेष्ठ रहेका छन् । गीतको भिडीयोमा युवावर्गमा हुने फेसबुक लबलाई देखाईएको छ । युवा वर्गलाई लक्षित पारेर तयार पारिएको यस  गीतलाई सबैले मन पराउनेमा एन। एस ११३४ टिम विश्वस्त छन् ।