सहकारीका सञ्चालकहरु पक्राउ

जिल्ला प्रहरी कार्यलय सिन्धुपाल्चोकले

सहकारीका सञ्चालकहरु पक्राउ गरेको छ । साबीक साँगाचोक गाँउ बिकाश समिती मा २०६७सालमा स्थपना भइ हाल चौतारा साँगाचोक गढी नगरपालीका वडा नं १०,११,१२मा कार्य क्षेत्र  रहेर बचत कर्ताको रकम हिनामिना गरेको आरोपमा  दिप सिन्धु सहकारकिा सञ्चालक हरु पक्राउ परेका हुन । जिल्ला प्रहरी कार्यलयमा बचत कार्तहरुले निबेदन दिए पछी  सिन्धुपाल्चोकबाट सहकारीका संञ्चालकहरुलाइ पक्राउ गरी बचतकर्ताको हिना मिना भएको रकमको बिषयमा अनुसन्धान गरिरहेको छ ।  संञ्चालकहरु माथी ठगीको मुद्धा समेत दर्ता गर्न लागीएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । जिल्ला प्रहरीकार्यलय सिन्धुपाल्चोकका प्रहरी उपरिक्षक मोहन प्रसाद पोख्रेलका अनुसार  सहकारीका अध्यक्ष दिपकराज गिरी उपाध्यक्ष राजन श्रेष्ठ ब्यबस्थापक पार्बती गिरी कार्यसमितीका सदस्य राजन लामालाइ शुक्रबार पक्राउ गरिएको हो ।  अन्य पदाधिकारहिरुलाइ प्रहरीले खोजी गरीरहेको छ भने सहकारीका बचतकर्ताहरुले उनीहरुलाइ पनी तत्काल पक्राउ गरेर रकम भराइ पाउँन भन्दै ठगीको मुद्धा समेत दर्ता गराएका छन । यस अघी पनी पटक पटक बिबादमा परेको यो सहकारी संस्थाले २०६७साल देखी नै साधरण सभा समेत नगरेको बचतकर्तालागी कर्जा समेत नदिएको र दिएको कर्जा पनी आफन्तलाइ मात्र दिएको करिब एक करोड बराबर बचत संङ्कलन भएको तर बजारमा बिस लाख जती मात्र कर्जा गएको देखिएको बाँकी रकम संञ्चालकले नै मासेको देखिन आएको बचतकर्ताहरुले आरोप लगाएका छन । प्रहरीको अनुसन्धानमा यो आरोप प्रमाणीत भएमा क्षेती पुर्ती शहित संञ्चालकहरु कैद बस्न पर्ने हुन्छ । यस्तै साबीक साँगाचोकमा सञ्चालन रहेका अरु सहकारीहरुका बिरुद्ध पनी मुद्धा दर्ता गर्न बचतकर्ताहरु लागी परेका नाम नलेख्ने शर्तमा साँगाचोकका स्थानीय एक  ब्यक्तीले बताएका छन ।