जेष्ट नागरिक जगाउदै टि.आई नेपाल


भुकम्पछिको पुनर्निमार्णमा समाजको अग्रज जेष्ट नागरिकले भोग्दै आएको समस्या तथा सवालको सन्र्दभमा गत जेठ २० गते एक वृहत छलफल कार्यक्रम ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालको आयोजनामा सपन्न भएको छ ।
भुकम्प गएको ३ वर्ष वितिसक्दा पनि अझै विविध कारणले आशातित सफलता प्राप्त गर्न सकेको छैन । भुकम्पपछि सबै भन्दा बढी मौसमी असरमा पर्ने बालबालिका र जेष्ट नागरिक नै हुन् । अझ  भुकम्प पिडित लाभग्राहिमा पनि समावेश भएको जेष्ट नागरिकहरुले अझै थप समस्यामा रहेका छन् । कामदारको खोजी, निमार्ण सामग्रीको जोहो,  जग्गा नापजाँच जस्ता प्राविधिक व्यवस्थापन कार्यमा सहज आवज जावत गर्न नसक्ने, तथा हिँडडुल गर्न नसक्ने भएकाले सरकारले ल्याउने समय सिमा जेष्ट नागरिकका लागि कडा चुनौती बनेको सहभागि निम प्रसाद ढुङ्गाना बताउनुहुन्छ । समाजमा सबैले आदर गर्ने समुदाय भए पनि भुकम्पपछि यस्ता समुदाय पिडामा रहेको र यस्ता समस्यामा परेकालाई राज्यले उचित व्यवस्था गर्न जरुरत रहेको छ । अधिकांश जेष्ट नागरिक घर निमार्णका बेलामा थप आर्थिक व्यवस्थापन गर्न नसकेकोमा चिन्ता बढेको छ । उमेर बढि भएपछि त बैंकले समेत ऋण दिन मान्दैन अनि कसरी बनाउने घर डम्बर बहादुर सापकोटा बताउँछन् । कार्यक्रममा सामुदायिक तथा सार्वजनिक संरचना पुनर्निमाणको चरणमा जेष्ट नागरिकहरुले स्वतन्त्र निरिक्षकको भुमिका निर्वाह गर्न सक्ने र गर्नू पर्ने कारण बारे बताइएको थियो । कार्यक्रममा अब सबै नागरिक भ्रष्टाचार विरुद्ध एकैसाथ उठ्न सके मात्रै अव समाजमा हुने सम्भावित अनियमितता बारे कसरी खबरदारि अभियान किन र कसरी संचालन गर्न सकिन्छ भनि परियोजना जिल्ला अधिकृत उमेश विश्वकर्माले सहजीकरण गर्नु भएको थियो । कार्यक्रमा पुर्वमाननीय कृष्णराज श्रेष्ठले समाजमा परिवारबाट समस्यामा रहेका जेष्ट नागरिक प्रशस्त पाइने अझ भुकम्पपछि त अतिपय सन्तानले आफ्नो बुबा आमा विरामी, आउन नसक्ने जस्ता बाहनामा रकम निकालेर खर्च गरेर घरबार विहिन समेत बनाएको तिता अनुभव रहेकोले यस्ता बारे सचेत रहन सबैलाई आग्रह गनूृ भएको थियो । कार्यक्रम जेष्ट नागरिक संघ सिन्धुपाल्चोकको अध्यक्ष माधवलाल कर्माचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । 

, ,