किर्ते नागरिक्ता बनाउँने पक्राउ


 किर्ते नागरिक्ता बनाउँने लाइ प्रहरीले पक्राउ गरेर कार्बाही गरेको छ । सिन्धुपाल्चोक  जिल्ला साबिक ईचोक गा.बि.स.वडा नं. ९ हाल हेलम्बु गाउँपालिका वडा नं. ७ बस्ने बर्ष २५ को आसमान तामाङल मेलम्ची नगरपालिका वडा नं. ९ बस्ने बर्ष २२ की खुसी तामाङलाई आफ्नो बहिनी बनाई झुठो बिवरण पेश गरी मिति जेष्ठ११ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकबाट नागरिकता निकाली दिएको भन्ने खुल्न आएकोले महानगरिय प्रहरी बृत्त बौद्ध काठमाण्डौबाट पक्राउ परी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा पठाएको र जिल्ला प्रहरी  कार्यालयबाट थप अनुसन्धानको लागि आसमान तामाङ र खुसी तामाङलाई   शुक्रबार झुठो बिवरण पेश गरी नागरिकता प्रमाणपत्र बनाएको शिर्षकमा मुद्दा दर्ता भई आवश्यक अनुसन्धान भईरहेकोजिल्ला प्रहरी कार्यलयका कार्यलय प्रमुख प्रहरी उपरिक्षक महोन प्रसाद पोख्रेलले जानकारी दिनुभएको छ । 



, ,
Lokpriyasamachar@. Powered by Blogger.