गल्ती गर्ने जो कोहीलाइ पनी कार्बाही गरिने गृहमन्त्री बादल



गृह मन्त्री  रामबहादुर थापा बादलले समयमै काम गर्न नगर्ने सबै ठेकेदारहरुलाई कार्वाही गर्ने बताउनुभएको छ । गृहमन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको अवसर पारेर पत्रकार सम्मेलनको आयोजना गरी जनताले चाहेको शान्ति, सुरक्ष रविकास निर्माणका कार्यलाई सुव्यवस्थित गर्न आफु सदै लागी पर्ने बताउँदै गृहमन्त्री थापाले सम्झौताअनुसार काम नगर्नेलाई जो सुकैको ठेकेदार तथा जो कोहीलाई पनि कारवाही गर्ने बताउनुभएको छ ।
उहाँले राज्यलाई धोका दिने र बेइमानी गर्नेलाई जो कोहीलाई पनि कारबाही गर्छौँ भन्नुहुँदै ठगहरुलाई कारवाही गर्ने काममा पछि हट्दैनौँ भन्नुभयो । संसद भित्रै रहेका ठुला ठेकेदारहरुलाई पनि कारबाही हुन्छ, यसका लागि हामी अन्य मन्त्रालयहरुसँग समन्वय गरिहेका छौँ भन्दै सबै निकायले काममा ढिलासुस्त गर्नेलाई पक्राउ गरी कारवाही गर्न मातहतका कार्यलयहरुलाई निर्देशन दिनुभएको छ । सोहि अनुसार सिन्धुपाल्चोक, चौतारा जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले जिल्लाको विकास निर्माणमा ठेक्का लिएर  काममा ढिलासुस्ती गर्नेलाई नियन्त्रणमा लिन थालेको छ । जिल्ला स्थित लामोसाँघु जिरी सडक खण्डमा निर्माणकार्य ढिलाइ गरेको भन्दै प्रहरीले सुनौती खिम्तीका ठेकेदार धर्मराज भण्डारी भिमसेनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रमुख जिल्ला अधिकारी आसमान तामाङले उक्त लामोसाँघु जिरी सडक खण्डमा चैतमा नै कालोपत्रे गरिसक्नुपर्ने सम्झौता भएको तर हालसम्म पनि काम नभएको कारण ठेकेदारहरुलाई नियन्त्रणमा लिइ आवस्यक कार्वाहीको प्रक्रिया अगाडी बढाएको बताउनुभयो । उहाँले उहाँ मात्रै हैन जिल्लामा काम गर्नको लागि जिम्मा लिएर काम नगर्ने काममा ढिलासुस्ती गर्ने ठेकेदारहरुको नामावली तयार भैसकेको र उनीहरुलाई पटक–पटक काम छिटो सम्पन्न गरेर सेवा दिन अनुरोध गर्दा पनि अटेर गरेको कारण ठेकेदारहरुलाई नियन्त्रणमा लिएर आवस्यक कार्वाही अगाडी बढाउन लागिएको बताउनुभयो । उहाँले समयमा काम नगर्ने ठेकेदारहरुको  विवरण अनुसार जो जाहाँ भए पनि पक्राउ गरेर आवस्यक् कार्वाही गर्ने बताउनुभयो ।
सिमान्चल, गौरी पार्वती , सुनौती खिम्ती कन्स्ट्रक्सनले लामोसाँघु जिरी सडक कालो पत्रे गर्ने ठेक्का लिएका थिए ।
ठोक्का लिने मध्ये सिमान्चल भारतीय ठेकदारको कम्पनी हो भने गौरी पार्वती र खिम्ति नेपाली ठेकदारको कम्पनी हो ।

, ,
Lokpriyasamachar@. Powered by Blogger.