झ्याँडीको माझी एकीकृत नमूना वस्तीको अवलोकन
जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले नेपाल सरकार पुनर्निर्माण प्राधिकरणले एकीकृत वस्तीका लागि पूर्वाधार बिकाश गर्न छुट्टै सहयोग गर्ने गरेको बताउनुभयो ।

उहाँकै अनुरोधमा पहाडी लोक राजमार्गदेखि झ्याँडी वस्तीसम्मको सडकमा ढुङ्गा र ग्रावेल हालेर सवारी साधन सञ्चालन गर्ने व्यवस्था गर्न क्रसर व्यवसायीहरु अग्रसर भएका छन् । कालिञ्चोक एग्रोभेट प्रालि,र बच्छलादेवी एग्रोभेट प्रालि लगायतले हिलो भएर गाडी चल्नै नसक्ने स्थानमा ग्रावेल हाल्ने सहमति गरेका छन् ।
जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाले एकीकृत विकासका लागि आफू मातहत रहेका सबै निकायले सहयोग गरिरहेको र निकट भविष्यमा पनि सहयोग गरिरहने बताउनुभयो । चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले झ्याँडी वस्तीमा रहेको झमलादेवी मन्दिर र विद्यालय प्राङ्गणमा रहेको वरको रुखको संरक्षण गर्नुपर्ने बताउँदै त्यसका लागि नगरपालिकाबाट तत्काल अनुदानको व्यवस्था गर्ने बताउनुभयो ।
उहाँले नापी, प्राविधिक लगायत नगरपालिकाबाट दिनुपर्ने सुविधामा कुनै प्रकारको कमि हुन नदिने बताउँदै एकिकृत नमुना बस्तीका माझी समुदायले श्वेता फाउण्डेशनको सहजीकरणमा नमुना बस्तीको निर्माण गरेर छिटै आफूनो घरमा बस्नाका लागी के समस्या छ त्यसको जानकारी पाएमा नगरपालीकाबाट हुने सबै खाले सहयोग गर्ने बताउँनु भयो । १४ नं वडाका वडा अध्यक्ष शेर बहादुर श्रोष्ठले वडाका तर्फबाट र नगरका तर्फबाट गर्न पर्ने सहयोगका बारेमा भएको अन्तर क्रिया कार्यक्रमबाट सबै बन्द रहेका सहयोगका पर्खालहरु भत्काएर बाटो क्लिीयर गरिएकाले अब छिटै गन्तव्यमा पुग्ने बताउँदै समयमा नै बस्तीको निर्माण सक्न सम्बन्धीत पक्ष लाई अनुरोध गर्नु भयो यस अघि झमलादेबी आधारभुत बिद्यालयका प्रअ लालबहादुर श्रेष्ठ झ्याँडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी लगाएतले बस्ती निर्माणका बारेमा भएको प्रगती तथा समस्याका बारेमा जानकारी गराउँनु भएको थियो ।
यसै बिच १४ नं वडाकै २५मिटर गहिराइ गरेर डाँडा काटेर खानेपानीको व्यवस्था गर्नलागेको स्थानको समेत अनुगमनमा पुग्नु भएका जिल्ला समन्वय समितिका प्रमुख उपप्रमुख नगर प्रमुखले वडा नं १४का नागरिकलाई खानेपानीको स्थाइ समस्या समधानका लागी वडाले गरेको कामको बारेमा धन्यबाद दिँदै यस्तै देखिने र पारदर्शिता हुने काम गर्नुपर्ने बताउनु भएको छ ।
वडाअध्यक्ष श्रेष्ठले आफ्नो वडालाई कृषी पकेट क्षेत्र बनाउनका लागि पुर्वाधारहरु तयार गर्देै रहेको बताउदै यसका लागी आवश्यक सहयोग गर्न सम्बन्धीत सबैसंँग आग्रह गर्नु भयो ।
उपस्थित स्थानीय नेत्रज्योती कृषी सहकारी संस्थाका इन्द्रबहादुर पुरीले वडा नं १४ लार्ई कृषी पकेट क्षेत्र बनाउँने योजना सहीत वडा अध्यक्ष लाग्नु भएकोमा डडुवालाइ कृषी पकेट वडा बनाउँन आबश्यकता रहेकोले यसका लागी सबैले सहयोग गर्नपर्ने बताउनुभयो ।