फलफुलको बिरुवाकरेसाबारीको ब्यबस्था र प्रत्येक घरमा माउरीको घार अनीबार्य वडाध्यक्ष तामाङ्



 सिन्धुपाल्चोक जिल्ला चौतारा साँगाचोक गढी नगर पालीका वडा नं. ३ का वडा अध्यक्ष टेकबहादुर तामाङ्ग जो सोही वडामा २०३० साल मंसीर १३ गते पिता रिफेल तामाङ्ग तथा माता अशली तामाङ्गको कोखबाट माइलो छोराका रुपमा जन्मनुभएका ३ भाई मध्ये राजनितीमा सक्रिय रुपमा लाग्नु हुने तामाङ्ग २०५४ सालदेखी राजनीतिको यात्र शुरु गर्नुभएको हो । उँहाको बिषयमा  बिकाशका कार्यक्रमको सेरो फेरोमा रहेर गरेको कुरा कानी  केही  अंश।

१,२०७४ बैशाख ३१ गते सम्पन्न भएको स्थानिय निर्वाचनमा तपाइले तपाइको वडामा के के आश्वाशान दिएर चुनाबमा भाग लिनु भएको थियो ?
 मैले विकाश निर्माणका लागि सक्रिय रहेर काम गर्ने नागरिकको समस्या समधान गर्नका लागी सँधै लागी पर्ने बिकाश निर्माणका लागी  कुनै पनी पक्षपात नगरिकन अगाडी बढ्ने  आश्वशान दिएको र सोही अनुसार गरिरहेको छु । मलाइ निर्बाचनमा खाशै त्यस्तो कुनै आश्वसन दिइरहनु परेन किन भने म त्यस वडामा  २०६२ साल देखी बतासे एकिकृत क्रृण तथा बचत सहकारी संस्थाको अध्यक्षमा रहेर काम गरि रहेको अबस्थामा गरेको सामाजकि कामका कारण नै मलाइ वडाबासीले यो जिम्वेवारीमा पठाएका हुन ।
२. यहाँले एक बर्षका अन्तरालमा गरेको कार्यहरु छोटकरीमा बताईदिनुस न ?
हामि निर्वाचित भएपछि वडामा धेरै महत्वपूर्ण कामहरु भएका छन्  भुकम्प पिडीतलाइ पुनिर्माणमा ठुलो राहात पुगेको छ । सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, कृषि उत्पादनको कार्य तिब्रता साथ अगाडी बढीरहेको छ । बिजुलीको क्षेत्रमा  काठको पोल मुक्त बनाउँने योजनामा अगाडी रहेदै स्थानीयको आयआर्जनमुलक काम लाइ प्राथमिकतामा राखेर काम गर्दै आएको छौ । हामीले वडालाइ काठको पोल मुक्त वडा बनाउँनका लागी  बजेटको समेत बिशेष ब्यबस्था गरेर घोषणाका लागी अन्तीम चरणमा पुगेका छौ ।
३  त्यसो भए कहिले हुन्छ काठको पोल मुक्त वडा घोषणा? 
प्राय सबै ठाउँमा फलामे पोलको ब्यबस्था भइ सकेको छ केही ठाउँमा बाकी रहेका काठका पोललाइ पनी हटाएर फलामे पोल राख्नका लागी  बजेटको ब्यबस्था गरिसकिएको छ । सम्भवत  आगमी महिनामा नै घोषणा गर्ने योजना रहेको छ ।

४ अरु नँया कामहरु के के भएको छन त ?
 आय आर्जन क्षेत्रमा बढी प्रोत्साहन दिएको छु । गाँउबाट काठमाण्डौ गएर  गलैचा बुन्ने  नागरिकहरुलाइ गाँउमा नै रोजगारको ब्यबस्था गर्न गाँउमा नै  गलैचा बुन्नका लागी तान बितरण गर्न लागेका छौ । आफ्नो गाँउका मानीसले घरमा नै बसेर रोजगारको ब्यबस्था गर्न सकुन भन्नाका लागी यस बर्ष २५जनाका लागी तानको ब्यबस्था मिलाइदिएको छु । आगामी दिनमा यसलाइ निरन्तरता दिदै अरु आयआर्जन मुलक कार्यक्रमलाइ पनी प्रथमिकतामा राखेर काम गर्ने योजना राखेको छु ।   सडक तर्फ सदरमुकामबाट नजीकै भएको भएता पनी सदरमुकाम सम्म नियमित  सबारी साधनको आवत जावत गर्नका लागी  समस्या परेको हुँदा सडकको स्तर उन्नतीका साथै भालुबन कुबिन्डे खोलामा पुल निर्मण गर्न पर्ने भएकाले त्यहाँ पुल निर्माण गर्नुका साथै प्रत्यक बस्तीमा सडक को ब्यबस्था गर्न लागीएको  छ ।
५,कृषीमा थप अरु केही योजना छ की ?


 छ हामीले कृषि उत्पादनका लागि तरकारी, फलफुल पकेट क्षेत्र, को रुपमा बिकाश गर्न लागेका छौ यसका लागी आबश्यक मापदण्ड पुरा गर्ने तैयारी स्वरुप प्रत्येक घरघरमा कम्तीमा पनी पाँच बोट फलफुलको बिरुवा   करेसाबारीको ब्यबस्था र प्रत्येक घरमा माउरीको घार अनीबार्य रुमा राख्न पर्ने ब्यबस्था वडा समितीले गरेको छ । यसका लागी  वडा समितीले आबश्यक अनुदानको समेत ब्यबस्था गर्न लागेका छौ । र कृषककालागी के के आबश्यकता छ भनेर सबै कृषक हरु लाइ समस्याका बारेमा बुझ्ने  र  त्यस समस्याका बारेमा कृषकलाइ आबश्यक पर्ने बिउ, औषधी लगाएत खेतबारी जोत्ने टैक्टर, पशुपालनका लागी खोर निर्माण लगाएतका कामहरु गरिएको छ ।  बिभिन्ँन स्थानहअरुमा  जनहित ग्रमीण सेवा समितीको सहयोगमा सिंचाइका कार्यक्रम हरु गरिएको छ। आबश्यकता अनुसार आगामी दिनमा पनी निरन्तरता दिइने योजना रहेको ।
६ स्वास्थ्य क्षेत्रमा के कस्ता कामहरु भएका छन?
स्वास्थ्य क्षेत्रमा धेरै कामहरु भएका छन यस वडामा एउटा  स्वास्थ्य चौकीरहेको र त्यसको पनी आफ्नै भवन नभएका कारण  नागरिकले दैनिक स्वास्थ्य  सेवा लिन समस्या परेको ले
 अस्थाइ रुपमा ट्रष्ट निर्माण गरेर सेवा दिन लागेका छौ हाल त्यहाँ ६ जना कर्मचारी ले सेवा दिइ रहेका छन ।
 ८ सिंह दरवारको अधिकारगाँउमा भनेको के हो ?
सिंहदरबारको काम वडाबाट भइरहेको छ । त्यसैलाइ सिहदरबारको अधिकार गाँउमा भनीएको हो बिगतका दिन हरुमा साना साना योजना माग्न पनी  जिल्ला र केन्द्र धाउँन पर्द थियो अहीले सबै काम वडाबाटै भएका छन त्यसैलाइ सिंह दरबारको अधिकार गाँउमा भनीएको हो । हाम्रो देशमा
खानेपानी, मौलिक हक जस्ता कार्य सिंहदरवारबाट मात्र ह्ुने गरेकोमा ती सम्पूर्ण काम वडाबाट तत्कालै हुन्छ यही हो सिंहदरवारको अधिकार गाँउमा भनेको  । सुुसासन युक्त वडा निर्माण गर्दै संघीय सरकार तथा प्रदेश सरकारको मातहतमा काम गर्ने  निती निर्देशिका   अनुसार  वडाबाटै जनताले सबै सुबिधा प्रदान गरिएको छ ।
९,याहाको भावी योजना के छ ?
 आफ्नो वडाका नागरिकका बिकाशका लागी बिषेस योजना निर्माण गरिकार्यन्वयन गर्ने गरी वडा भित्र स्वारोजगार तथा सीप मूलक शिक्षा प्रदान गरिने  योजना रहेको छ । साथै वालमैत्री, अपांग मैत्री वडा तथाप्रत्येक घरमा धारा सहित वडामा सञ्चालित खानेपानी आयोजना संञ्चालन गर्ने योजना रहेको छ । आगामी दिनमा सबै घर धुरीलाइ खाने पानीको ब्यबस्था गर्ने , व्यवस्थित बाटो, स्वच्छ शिक्षा, खानेपानी  को
व्यवस्थापन गरि वडाका सबै नागरिकलाइ आत्मा निर्भरको लागी बिषेस कार्यक्रम गरिने योजना रहेको छ ।
१०अन्तमा ?
अन्तमा मैले लोकप्रिय समचार मार्फत मेरा केही कुरा राख्ने मौका दिनुभएकोमा सिन्धुपाल्चोक जिल्लाकै इतिहाँस बोकेको   लोकप्रिय समचार दैनिकलाइ हार्दीक धन्यबाद दिदैं वडा बिकाशका लागी आफुले निश्पक्षरुपमा काम गरिरहेको र त्यसमा कुनै कमी कम्जोरी भएको भए सुझाबकारुपमा प्रस्तुगर्न सबै नागरिकहरुमा तपाइको लोकप्रिय समचार दैनिक मार्फत हार्दीक आग्रह गर्द छु ।
धन्यबाद

Lokpriyasamachar@. Powered by Blogger.