काम, कर्तव्य र अधिकारबारे तालिम हुँदै

जिल्ला समन्वय समितिको आयोजनामा वडा समितिको काम, कर्तव्य, अधिकार, स्थानीय विकास योजना छनौट कार्यान्वयन स्थानीय सरकार सञ्चालन विषयगत समिति लगायतका विषयमा  तीन दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने शिलशिलामा भोटेकोशी गाउँपालिका, बाह्रबिसे नगरपालिका लगायत जिल्लाका विभिन्न पालिका तालिम सञ्चालन भइरहेको छ ।
भेषराज खनाल प्रशिक्षक रहनुभएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङ रहनुभएको थियो भने गाउँपालिकाको सबै वडा अध्यक्ष एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।
भोटेकोशी गाउँपालिका व

डा नं. ५ का वडा अध्यक्ष सुब्बा लामाले स्वागत मन्तव्य राख्नुभएको थियो । गाउँपालिकाका कार्यवहाक प्रमुख दाबुटी शेर्पा लामाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रेग्मी लगायत गाउँपालिकाको कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको बारेमा प्रकाश पार्दै स्थानीय स्थानीय सरकार सञ्चालन गर्न के कस्ता प्रक्रिया छन् सबै वडा, गाउँपालिका र सबै नागरिकले स्थानीय सरकारको काम कर्तव्य र अधिकार र गाउँ विकासमा हुने प्रक्रिया सम्बन्धमा प्रष्ट पार्दै यो आवश्यकता रहेकोले सरकारले यो कार्यक्रमको आयोजना गरेको बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र रेग्मीले एक वर्षसम्म काम गरिसकेका जनप्रतिनिधि र कर्मचारीहरुलाई गत आर्थिक वर्षमा काम गरेको अनुभव र यो वर्षको लागि गर्नुपर्ने योजनालाई समेत सहजता हुने गरी गरिएको प्रशिक्षण कार्यक्रम आवश्यक र महत्वपूर्ण रहेको बताउँदै आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमको आयोजना गरेर नागरिकहरुका चाहना अनुसार काम गर्न सहज हुने बताउनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि कृष्णगोपाल तामाङले स्थानीय तहमा निर्वाचित भएका जनप्रतिनिधिहरुले विकासका कार्यक्रमलाई हेरेर काम गर्नुपर्छ, हामीले काम गर्दा असहमत र घमण्डबाट काम गर्दा असफल भइन्छ भन्ने आधारलाई बुझेर काम गर्नुपर्छ ।
जनप्रतिनिधिहरुले राम्रो काम गर्छु मत मागेको हुन्छन् त्यो मतको कदर गरेर यो, त्यो नभनि समाजमा सबैलाई मान्य हुने काम गर्नुपर्छ भन्नुहुँदै समग्रका सबैको समस्या समाधान हुने गरी विकासका कामहरु गर्नुपर्छ भन्नुभयो । आफूले गरेको सबै काम ठिक नहुन सक्छ तर नीति निर्देशिकालाई अवलम्वन गरेर अगाडि बढ्दै जाँदा जनताको इच्छा आकंक्षा पूरा गर्नेगरी काम गर्न सबै प्रतिनिधिलाई आग्रह गर्दै निर्वाचन अघिमात्र एमाले, कांग्रेस, माओवादी लगायत अन्य पार्टीका कार्यकर्ता भएको तर निर्वाचित भएपछि सबै नागरिकको कार्यकर्ता भएको बताउँदै राजनीतिक दलको कार्यकर्ताको विकास होइन आम नागरिकको लागि विकास गर्नुपर्ने भएकोले त्यसतर्फ ध्यान दिएर अगाडि बढ्न सबैमा आग्रह गर्नुभयो ।
भोटेकोशी गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्रप्रसाद सुवेदीले सञ्चालन गर्नुभएको कार्यक्रममा कार्यवहाक अध्यक्ष दाबुटी शेर्पा लामाले आफ्नो गाउँपालिकालाई नमूनाको रुपमा अगाडि ल्याउनुपर्ने बताउनुभयो । जिल्लाको सबैभन्दा बढी अस्तव्यस्त रहेको प्राकृतिक समस्याको समाधान गर्न चुनौती रहेको यस गाउँपालिकामा हामी सबै मिलेर अगाडि बढ्नुपर्ने बताउनुभयो ।
उहाँले चीन सरकार र नेपाल सरकारको सूचना आदानप्रदान गर्ने आफ्नो देशको सम्बन्ध जोडिने समेत महत्वपूर्ण स्थान रहेको यो पालिकाको विकासका लागि जिल्लाका अरु पालिका भन्दा धेरै चुनौती छन्, मानववस्ती विकासका लागि स्थानीय पूर्वाधारको विकासका धेरै चुनौती छन्, सडक निर्माण गर्न समस्या छ, जताततै पहिरोको जोखिम छ । सुरक्षित वस्ती विकासका लागि चुनौती बोकेको यो पालिकामा काम गर्न पनि धेरै समस्या छ, तर यो समस्यासँग जुधेर जनप्रतिनिधिहरु काम गर्न अगाडि बढेका छन् भन्नुहुँदै यो प्रशिक्षण कार्यक्रमको अति आवश्यक र महत्वपूर्ण रहेकोले यो कार्यक्रम गरेकोमा जिल्ला समन्वय समितिलाई धन्यवाद दिनुभयो ।
यसैगरी बाह्रबिसेमा रामचन्द्र तिवारीले प्रशिक्षण दिनुभएको थियो । उपप्रमुख सुशिला पाख्रिनको सभापतित्वमा भएको प्रशिक्षण कार्यक्रममा नगरपालिकाका सबै वडाका वडा अध्यक्ष एवम् सदस्यहरुको उपस्थिति रहेको थियो ।     
यसैबीच चौतारा साँगाचोकगढी नगरपालिकामा पनि १४ वटै वडाका वडाअध्यक्षहरु लगायत सदस्य एवम् सरोकारवालाहरुलाई प्रशिक्षण दिइएको छ । जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाको प्रमुख आतिथ्यतामा कोष तथा लेखा नियन्त्रण कार्यालयका कार्यालय प्रमुख लक्ष्मीप्रसाद निरौलाले प्रशिक्षण दिनुभएको थियो । 

,
Lokpriyasamachar@. Powered by Blogger.