वडाअध्यक्ष हरुको भुमिकाका बिषयमा प्रशिक्षण

स्थानीय सरकार संञ्चालनमा वडाअध्यक्ष हरुको भुमिकाका बिषयमा जिल्लाका सबै पालीकाहरुमा  तिन दिने प्रशिक्षणतालीम  शुरु भएको छ ।
जिल्लाको त्रिपुरा सुन्दरी गाँउ पालीका  बलेफी गाँउपालीका ,जुगलगाँउ पालीकामा २२गते देखी शूरु भएको छ भने अन्य पालीकाहरुमा , २५गते देखी शूरु हुने भएको छ । जिल्लाका समग्रमा बिकाश निर्माणका कार्यक्रम हरु कसरी छनौट गर्ने , योजना हरु कसरी तर्जुमा गर्ने बिकाशका लागी के कसरी पुर्बाधार हरु तैयार गर्ने आर्थीक कसरी परिचालन गर्ने र यसका लागी के कस्ता बिषयमा कार्यक्रम गर्ने कसरी  गर्ने कुन कुन बिषयमा बजेट बिनियोजन गर्ने भन्ने बिषयमा केन्द्रित रहेर भएको तिन दिने कार्यक्रममा सहभागी वडाअध्यक्षहरुले यो कार्यक्रम अती महत्वपुर्ण भएको र यसबाट धेरै कुराहरुको जानकारी भएको बताएका छन । स्थानीय सरकार सञ्चालन वडा र बिषयगत सम्बन्धीमा केन्द्रित रहेर गरिएको तालीमले धेरै  ज्ञान उपलब्ध भएको त्रिपुरा सुन्दरी गाउँपालीकाका वडाध्यक्ष सुकदेब रिसालले बताउँनु भयो । बलेफी गाँउपालीकाको प्रमुख केदार क्षेत्री ले स्थानीय बिकाशका लागी यो प्रशिक्षणमा सिकेका सिकाइले स्थानीय सरकार सञ्चालनमा महत्वपुर्ण ज्ञान हासिल गरेको  बताउँनु भयो ।
त्रिपुरा सुन्दरी गाँउपालीकाको प्रशिक्षण कार्यक्रम बाह्र्बिसे नगरपालीकाको सभाहलमा जिल्ला सम्मन्वय समितीको प्रमुख कृष्ण गोपाल तामाङ्गको प्रमुख अतिथ्यतामा भएको थियो । त्यँहा मन्त्रालयका उपसचिब भेषराज खनालले प्रशिक्षण दिनु भएको थियो । 
जुगल गाँउपालीकामा  जिल्ला सम्मन्वय समितीका उप प्रमुख बालकुमारी सापकोटाको प्रमुख अतिथ्यतामा भएको थियो ।त्यहा मन्त्रालयको उपसचिब रामचन्द्र तिवारी ले प्रशिक्षण दिनु भएको थियो ।बलेफीमा भएको  प्रशिक्षण कार्यक्रमको प्रमुख अतिथी जिल्ला सम्मन्वय समितीका सदस्य सकुन्तलामाझी  रहनु भएको थियो भने मन्त्रालयका उप सचिब पशुपती बाबु पुरीले  प्रशिक्षण दिनु भएको थियो ।जिल्ला सम्मन्वय समिती सिन्धुपाल्चोकको आयोजनामा भएको  कार्यक्रमको सहजीकरण प्रोगे्रसिभइनिसियटिभ प्राली काठमाण्डौले गरेको  प्रालीका अध्यक्ष राजनकुमार गोलेले बताउँनु भयो।

, , ,