एैतीहासिक ५ पोखरी गाँउपालीका बन्छ प्रमुख टासी लामा


 सिन्धुपाल्चोक जिल्ला ५पोखरी  गाँउ  पालीका का   प्रमुख टासी   लामा  २०३३ साल असार.महिना .१९. गते पिता शेर्पा लामा तथा माता निरमायाँ लामाको कोखबाट जन्मनुभएका २०४६ सालदेखी राजनीतिको यात्र शुरु गर्नुभएको हो ।

उँहाले जिल्लाकै पहिचान आउँने गरि आफ्नो गाँउपालीकामा केबुलकारको समेत ब्यबस्था गर्न लाग्नु भएको छ उँहा सँग बिभिन्न बिषयमा  बिकाशका कार्यक्रमको सेरो फेरोमा रहेर गरेको कुरा कानी  केही  अंश।
१,यँहाकोपरिचयदिनोसन ।
मेरो नाम टासी लामा म पाँच पोखरी गाँउपालीकाको प्रमुख को पदमा रहेर काम गरिरहेको छु ।
२ यँहाको समस्याका बारेमा बताइदिनुहोस न 
 यँहाको समस्या भने कै प्रकृतीक जोखिम पनी  हो यँहा  केही ठाँउ हरुमा सुरक्षित बस्ती छैन । प्रत्यक नागरिकको घर बस्तीहरुमा जाने सडकको ब्यबस्थित हुन सकेको छैन । नागरिकलाइ आत्मानिर्भतामा सबल बनाउँन सकिएको छैन । शिक्षा स्वास्थ्य , सडक लगाएतका समस्या रहेका छन ।



३, भुकम्प पिडीतका लागी  स्थाइ बसोबास गर्ने ब्यबस्था कसरी मिलाउँनु भएकोछ?
 हामीले स्थाइ बसोबासका लागी यँहाका नागरिकहरुका बिषयमाा अती  चनाखो भएर ब्यबस्थीत गर्न लागी परेका छौ गुनासोमा नाम सम्बोधन नभएका धेरै छन उनीहरुकोलागी सुरक्षीत बसोबासका निमीक्त बिशेष पहल गरिरहेका छौ । पुनिर्माण तथा पुन संरचनाको ब्यबस्था हुन सकेको छैन यसका लागी पनी हामीले पहल गरिरहेका छौ ।
,निर्वाचनमा तपाइले तपाइको के के आश्वाशान दिएर चुनाबमा भाग लिनु भएको थियो ? 
 म बिशेष गरि भनेर भन्दा पनी काम गरेर देखाउँनेमा अग्रसर भएर काम गरिरहने ब्यक्ती हो । मलाइ भनी नदेखाउँने र गरी देखाउँने भन्न बाक्यले प्रभाबीत बनाएको छ । त्यही शब्दलाइ मुल मन्त्रको रुपमा लिएर काम गरिरहेको छु । मैले विकाश निर्माणका लागि सक्रिय रहेर काम गर्ने नागरिकको समस्या समधान गर्नका लागी सँधै लागी पर्ने बिकाश निर्माणका लागी  कुनै पनी पक्षपात नगरिकन अगाडी बढ्ने  आश्वशान दिएको र सोही अनुसार गरिरहेको छु । मलाइ निर्बाचनमा खाशै त्यस्तो कुनै आश्वसन दिइरहनु परेन किन भने म यस पालीका भित्रका साबीकका गाबीस वडा हरुमा गरेको सामाजकि कामका कारण नै मलाइ यँहाका नागरिकले यो जिम्वेवारीमा पठाएका हुन ।
५. यहाँले एक बर्षका अन्तरालमा गरेको कार्यहरु छोटकरीमा बताईदिनुस न ?
हामि निर्वाचित भएपछि धेरै महत्वपूर्ण कामहरु गरेका छौ   भुकम्प पिडीतलाइ पुनिर्माणमा ठुलो राहात पुगेको छ । सडक, शिक्षा, खानेपानी, स्वास्थ्य, कृषि उत्पादनको कार्य तिब्रता साथ अगाडीबढीरहेकोछ। प्रत्यक वडाकार्यलय, सामाजीक संस्थाहरु बिद्यालयमा इन्टर नेटको सुबिधा पुर्याएका छौ ।गाँउपालीकाको लागी ४१रोपनी जग्गाको ब्यबस्था मिलाएको छौ । पालीकाको नाममा जग्गा नामसारी भइ सकेको छ । काठको पोल मुक्त गाउँपालीका बनाउँनका लागी अन्तीम चरणमा पुगी सकेका छौ ।

६, अरु नँया कामहरु के के भएको छन त ?
 आय आर्जन क्षेत्रमा बढी प्रोत्साहन दिएको छु । गाँउबाट काठमाण्डौ गएर  बिभिन्न पेशा गरेर बसेका   नागरिकहरुलाइ गाँउमा नै रोजगारको ब्यबस्था गर्न आयआर्जन मुलक कार्यक्रमलाइ पनी प्रथमिकतामा राखेर काम गर्ने योजना राखेको छु ,भुकम्प बाट अभिभाबक गुमाएका करिब २००जनालाइ सबै कक्षका लागी छात्रबत्तीको ब्यबस्था गरेका छौ । शैक्षिक सम्मेलन गरेका छौ । घुम्ती शिबीर राखेका छौ । सबै वडाकार्यलयमा सामुदायक संस्था बिद्यालय, वडा कार्यलयहरुमा सौर्य बत्तीको ब्यबस्था गरेका छौ । पर्यटकीय बिकाशका लागी ५पोखरी म्याराथुम को आयोजना गरेका छौ सबै वडालाइ सडक संन्जालमा जोडेका छौ । ब्यबस्थित सडकको  ब्यबस्था गरेका छौ ।
७ ,पशु कृषीमा नँया  केही योजना छ की ?


 छ हामीले कृषि उत्पादनका लागि तरकारी, फलफुल को रुपमा बिकाश गर्न लागेका छौ यसका लागी  आबश्यक अनुदानको समेत ब्यबस्था गर्न लागेका छौ । र कृषककालागी के के आबश्यकता छ भनेर सबै कृषक हरु लाइ समस्याका बारेमा बुझ्ने  र  त्यस समस्याका बारेमा कृषकलाइ आबश्यक पर्ने बिउ, औषधी लगाएत खेतबारी जोत्ने टैक्टर, पशुपालनका लागी खोर निर्माण लगाएतका कामहरु गरिएको छ ।   पशु शिबिर गरेका छौ ।
८ स्वास्थ्य क्षेत्रमा के कस्ता कामहरु भएका छन? 
स्वास्थ्य क्षेत्रमा धेरै कामहरु भएका छन पालीकाका आठवटा  स्वास्थ्य चौकी रएउटावटा अस्पताल रहेको छ  । 
 ९ सिंह दरवारको अधिकारगाँउमा भनेको के हो ?
सिंहदरबारको काम वडाबाट भइरहेको छ । त्यसैलाइ सिहदरबारको अधिकार गाँउमा भनीएको हो बिगतका दिन हरुमा साना साना योजना माग्न पनी  जिल्ला र केन्द्र धाउँन पर्द थियो अहीले सबै काम वडाबाटै भएका छन त्यसैलाइ सिंह दरबारको अधिकार गाँउमा भनीएको हो । हाम्रो देशमा
खानेपानी, जनताको मौलिक हक जस्ता कार्य सिंहदरवारबाट मात्र ह्ुने गरेकोमा ती सम्पूर्ण काम जनताकै नजीकका सरकार  वडाबाट तत्कालै हुन्छ यही हो सिंहदरवारको अधिकार गाँउमा भनेको  । सुुसासन युक्त वडा निर्माण गर्दै संघीय सरकार तथा प्रदेश सरकारको मातहतमा काम गर्ने  निती निर्देशिका   अनुसार  वडाबाटै जनताले सबै सुबिधा प्रदान गरिएको छ ।
१०,याहाको भावी योजना के छ ?
 आफ्नो गाँउपालीकाकाका नागरिकका बिकाशका लागी बिषेस योजना निर्माण गरिकार्यन्वयन गर्ने गरी स्वारोजगार तथा सीप मूलक शिक्षा प्रदान गरिने  योजना रहेको छ । आगामी दिनमा सबै टोल टोलमा सडक पुर्याउँने भएको सडकलाइ पुर्ण ब्यबस्थित  बनाउँने पुल बनाउँने गुणस्तरिय शिक्षाको  ब्यबस्था गर्ने ,  ५ पोखरीमा केबुलकारको ब्यबस्था गर्ने त्यसका लागी सर्भेक्षण सम्पन्न भइ सकेको छ । व्यवस्थित बाटो, स्वच्छ शिक्षा, खानेपानी  को व्यवस्थापन गरि पालीकाका सबै नागरिकलाइ आत्मा निर्भरको लागी बिषेस कार्यक्रम गरिने योजना रहेको छ ।
१०अन्तमा ?
अन्तमा मैले लोकप्रिय समचार मार्फत मेरा केही कुरा राख्ने मौका दिनुभएकोमा सिन्धुपाल्चोक जिल्लाकै इतिहाँस बोकेको   लोकप्रिय समचार दैनिकलाइ हार्दीक धन्यबाद दिदैं वडा बिकाशका लागी आफुले निश्पक्षरुपमा काम गरिरहेको र त्यसमा कुनै कमी कम्जोरी भएको भए सुझाबकारुपमा प्रस्तुगर्न सबै नागरिकहरुमा तपाइको लोकप्रिय समचार  मार्फत हार्दीक आग्रह गर्द छु ।
धन्यबाद


, ,
Lokpriyasamachar@. Powered by Blogger.