वडा अध्यक्ष तथा सदस्यहरुकोलाई प्रशिक्षणचौतारामा पनि

जिल्ला समन्वय समितिको आयोजनामा भइरहेको स्थानीय सरकार सञ्चालन वडा र विषयगत सम्बन्धी अन्तरक्रिया कार्यक्रम हिजो चौतारामा सम्पन्न भएको छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख बालकुमारी सापकोटाको अध्यक्षतामा सम्पन्न भएको अन्तरक्रियामा चौतारा साँगाचोकगढी नगरपालिकाका १४ वटै वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुको उपस्थिति रहेको थियो ।
चौतरा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङ, विषेश अतिथिको रुपमा  उपस्थिति रहनुभएको थियो । वडा अध्यक्ष तथा सदस्यहरुको उपस्थितिलाई प्रशिक्षण दिँदै कोष तथा लेखा नियन्त्रण कार्यालय प्रमुख लक्ष्मीप्रसाद निरौलाले स्थानीय सरकारले गर्ने काम कर्तव्य अधिकारका बारेमा प्रकाश पार्दै स्थानीय विकासका लागि वजेट विनियोजन गर्न कसरी अगाडि बढाउने भन्ने विषयमा प्रकाश पार्दै निर्वाचित पदाधिकारीहरुले कसरी नागरिकको समस्या समाधान गर्ने भन्ने विषयमा प्रकाश पार्नुभएको थियो ।
चौतारा साँगाचोकगढी नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत इन्द्रप्रसाद बस्यालले वडा अध्यक्ष तथा सदस्यहरुले विकास निर्माणको कार्यक्रमलाई पारदर्शी बनाउनुपर्ने बताउनुभयो ।
वडा सदस्यहरुको तर्फबाट बोल्दै रोजिना घतानीले लक्षित वर्गका लागि विनियोजित भएका रकमहरु लक्षित वर्गकै आयआर्जनमूलक कार्यमा लगाउनुपर्नेमा त्यसो हुन नसकेर रकमान्तरणको नाममा केही वडाहरुले लक्षित वर्गको लागि छुट्याएको रकम विकासमा लगाएकोमा आपत्ती जनाउनुभयो ।
वडा सचिवहरुको तर्फबाट बोल्दै वडा सचिव दुर्गाप्रसाद ढुङ्गेलले विगतमा सरकारी कर्मचारी गाउँ विकास समितिको सबै काम गाविस सचिवले गर्दै आएको थियो तर अब जनप्रतिनिधिहरु आएका छन् यसरी जनप्रतिनिधिहरु आइसकेपछि स्थानीय विकासमा सहज भएको बताउँँदै काम गर्दा सबै पक्षको सहयोगको निरन्तर आवश्यक रहेको बताउनुभयो ।
वडा अध्यक्षहरुको तर्फबाट बोल्दै वडा अध्यक्ष ध्रुवराज गिरीले अब वजेट विनियोजन गर्दा ५० हजार, लाख भन्दा पनि ठूला योजनामा रकम विनियोजन गरेर स्थायी विकास गर्नुपर्ने आवश्यक भइसकेकोले अब स्थायित्व हुने खालको विकास गर्नुपर्ने बताउनुभयो ।
लोकप्रिय नेत्रज्याती सञ्चार समूहका नेत्रबहादुर बस्नेतले नगरपालिकाको सहयोगको लागि सञ्चार समूहले १४ वटा वडाको विकास कार्यक्रमहरु निःशुल्क प्रकाशन गर्ने प्रतिवद्धता व्यक्त गर्दै नगरका वडा अध्यक्षहरुकै हातमा नगरलाई भविष्य निर्माणमा अगाडि लाने जिम्मेवारी रहेको बताउनुभयो ।
कार्यक्रमको समापनमा बोल्दै जिसस उपप्रमुख बालकुमारी सापकोटाले स्थानीय सरकारको परिभाषा दिँदै स्थानीय सरकार सञ्चालन ऐनको व्यवस्थाको बारेमा बुझेर वडाहरुमा सबैले      काम गर्नुपर्ने बताउनुभयो । उहाँले कुनैपनि काम नागरिकलाई तेरो मेरो भनेर होइन सबैको लागि समान व्यवहार गरेर वडा विकासमा लागि पर्नुपर्ने बताउनुभयो । सबै स्थानीय तहका जनप्रतिनिधिहरुले गरेका काममा कुनै पनि टिकाटिप्पणी गर्नु ठाउँ नराखी स्थानीय सरकार सञ्चालन कार्यविधि अनुसार गर्न सबैमा आग्रह गर्नुभयो । 

, ,
Lokpriyasamachar@. Powered by Blogger.