अदालत र विद्यार्थीहरु बीच अन्तरक्रिया
सर्वसाधारणमा न्यायको पहुँच कसरी पु¥याउने र न्यायलयबाट के कस्ता काम हुन्छन् भन्ने विषयमा अदालत र विद्यार्थीहरु बीच अन्तरक्रिया कार्यक्रम भएको छ ।

जिल्ला अदालत सिन्धुपाल्चोकमा भएको उक्त अन्तरक्रिया कार्यक्रममा सभापतिको आसनबाट सहभागिहरुले राखेको जिज्ञासाको उत्तर दिँदै माननीय जिल्ला न्यायधिश दिपक खनालले न्यायलयले कुनै पनि प्रकारको मुद्धाको फैसला गर्दा मुद्धाको प्रकृति हेरेर प्रमाण जुटाउनुपर्ने देखिएमा केही समय लाग्ने भएतापनि तत्कालै फैसला गर्ने योजना अनुसार काम गरिरहेको बताउनुभयो ।
कार्यक्रममा अदालतका स्रेस्तेदार लेखनाथ पौडेलले मुद्धाको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका उपसभापति ज्ञानेन्द्र तिमिल्सिना, जिल्ला बार एसोशियशनका अध्यक्ष रोहिणीराज जोशी लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो ।

