अवलोकनमा जाँदा ठेकेदार नियन्त्रणमा



सिन्धुपाल्चोक,
 जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले अनियमितता गर्नेलाइ कार्बहीको प्रकृया तिब्र रुपले अगाडी बढाएको छ । जिल्लाका बिभिन्न भागमा काम मा ढिला सुस्ती गर्ने ठेकदार देखी लिएर किर्ते नागरिक्ता बनाउँन सिफारिस गर्ने वडाध्यक्षलाइ समेत पक्राउ गरेर कार्बाही प्रकृया बढाउँन लागेको र  शंङ्कास्पद स्थानहरुमा आफै  उपस्थित भएर निरीक्षण गरेर दोषी रहेकालाइ कार्बाहीको प्रकृया अगाडी बढाए सँगै यसको प्रमाणीत भएको हो ।यसै सन्धर्भमा  विद्यालयको काममा ढिला सुस्ती गर्ने ठेकेदार भिम प्रसाद पौडेललाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।चौतारा साँगाचोकगढी नगरपालिका वडा नं २ बतासे देविडाँडा स्थीत कालिका मा.वि.को अवलोकन गर्ने क्रममा समय सिमा सकिन २ महिना मात्रै बाँकि हुँदा पनि कामप्रति ठेकेदारले हेलचेक्राई गरेको देखिएकोले नियन्त्रणमा लिईएको हो  । अनुगमनमारहनुभएका उमेश विश्वकर्माका अनुसारहाल सम्म उक्त ठेकेदारले जिल्लामा कामगरेका ३ वटै विद्यालयको कामको प्रगति निराशाजनक रहेको जिल्ला आयोजना कार्यन्वयन इकाई(शिक्षा) का प्रमुख गोकर्णध्वज कार्की बताउनभएको छ । “काम सम्पन्न गर्ने मिति अब २ महिना मात्रै बाँकि रहेको छ, ३ वटै विद्यालयहरु दक्षिणकालि मा.वि., कालिका मा.वि. र बाल शिक्षा मावि.मध्ये  बालशिक्षा मा.वि.को कार्य अलि बढि देखिए पनि प्रगति औसतमा २० प्रतिशत मात्रै रहेको  कार्कीले  बताउँनु भयो  । उक्त कार्य सम्पन्न गर्न का लागि एम्. के. शान्ति जेभिले १७,२४,४२,५८२ मा तिन वटै विद्यालय निमार्ण सम्पन्न गर्नका लागि  १ वर्ष अघि सम्झौता गरेको थियो । बारम्बार ताकेता गर्दा पनि काम सुरु नगरेको र गत ४ महिना भरि काम जम्मा  अठार प्रतिशत मात्र काम गरेका देखीएको छ । आफुले पटक पटक छिटो काम गर्न अनुरोध गर्दा गर्दै पनी काममा ढिलाइ गरेको  वि.व्य.स. अध्यक्ष यज्ञ सापकोटाले बताउँनु भयो  । यसरी लामो समय सम्म काम नगरेको ठेकेदारले विभिन्न बाहनामा सुरुकादिन मा नै दुख दिएको तितो अनुभव सापकोटाको छ । यसरी सहज बेलामा काम नगरिकन समय सिमा गुजारेको र हाल सम्म जग तहको मात्रै काम गरेकोले यसलाई बेइमानी भन्दै कार्यस्थलबाटैे नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग बताउनुहुन्छ । जिल्लामा ३१ वटा विद्यालय एडिविको सहयोगमा बनिरहेको छ । यसरी बन्दै गरेको २९ विद्यालयको समय सिमा औसतमा ६ महिना बाँकि हुदाँ कार्य प्रगति ५० प्रतिशत कट्न सकेको छैन । जसको कारणले अर्काे आउदो वर्षा पनि बालबालिकाले अस्थायी सिकाई केन्द्रमा कटाउन पर्ने देखिन्छ ।  कामको बिषयमा अबलोकन गर्न  जिल्ला समन्वय समिति प्रमुख कृष्ण गोपाल तामाङ्ग, प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्ग प्रहरी प्रमुख मोहन प्रसाद पोखरेल, जिल्ला आयोजना इकाई (शिक्षा) प्रमुख  गोकर्ण ध्वज कार्की, इन्जिनियर शेर बहादुर पुजारा, एडिवि प्रतिनिधि मुक्ति गौतम, वडाध्यक्ष दिपेन्द्र थापा लगाएत उक्त स्थानमा पुग्नु भएको थियो  । अवलोकन कार्यक्रमको संयोजन ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले गरेको हो । जिल्लामा यस्तै अनियमितता बारे  खवरदारी गर्न परियोजना भुकम्पपछिको पुनर्निमाण र पुनस्थापनामा सदाचार कार्यक्रम जिल्लामा सञ्चालनमा रहेको जिल्ला अधिकृत उमेश विश्वकर्मा ले बताउँनु भयो ।


, ,
Lokpriyasamachar@. Powered by Blogger.