लघु उद्यम प्रवद्र्धन र उद्यमीहरुको स्तरउन्नतिको लागि उपर्युक्त प्रविधि हस्तान्त्रण सम्पन्न


बलेफी गाउँपालिकाको आर्थिक सहयोग र जिल्ला लघु  उद्यमी संघ सिन्धुपाल्चोक प्राविधिक सहयोगमा  २२ जना लघु उद्यमीहरुलाई व्यवसाय प्रवद्र्धनको लागि  प्रविधि सहयोग गरिएको  छ ।

स्थानीय स्रोत ,बजारको माग र वासिन्दाको चाहानामा आधारित व्यवसाय संचालन गराउन ७ दिने उद्यमसिलता विकास तालिम प्राप्त उद्यमीहरुलाई आ.व. २०७४÷०७५ को वजेट बाट रु ५ लाखको सहयोग कार्यक्रम सम्पन्न गरिएको हो। लाभाविन्त उद्यमीहरु बलेफी गाउँपालिका वडा न.१ देखि ८ सम्मका व्यवसाय संचालन गरेको उद्यमीहरु छनौट गरि सहयोग प्रदान गरिएकोे  प्रमुख प्रशाशकिय अधिकृत गणेश नेपालीले बताउँनु भयो ।
कार्यक्रममा बलेफी गाउँपालिकाको प्रमुख केदार क्षेत्रीले आर्थिक समृद्धि र सम्पन्न गाउँपालिका निर्माणमा सहयोग गर्ने  महत्वपुर्ण कार्यक्रम नै लघु उद्यम भएको बताउनु भयो । गरीवी निवारणको लागि हतियारको काम साना साना  व्यवसाय हो यसैको माध्यमबाट गरीवी हत्या गर्ने नीति तथा कार्यक्रम आगमी दिनका पनि निरन्तर गर्ने प्रतिवद्धता जनाउँदै क्षेत्रीले अहिले नमुना कार्यक्रमको लागि पालिकाले थोरै सहयोग गरेको यसको प्रभावको आधारमा निरन्तर सहयोग उपलब्ध गर्ने जानकारी  गराउनु भयो । यसै गरि कार्यक्रममा लघु उद्यमीहरुको लागि व्यवसायमा  आवश्यकता र  खाचो  साना साना समस्याहरु परि राख्ने हुदा संस्थागत सहयोग निरन्तर उपलब्ध गराउनु पर्ने कुरा डिमेगाको अध्यक्ष श्री सानुमाया गुरुङले वताउनु भयो । स्थानीय स्तरमा उपलब्ध श्रम,सीप र दक्षमा संचालित  गरीव परिवारको सदस्य लघु उद्यमीहरुलाई तालिम,सीप ,प्रविधि,बजार र व्यवसाय परामर्श चरणवद्ध  सहयोगले व्यवसाय सुधार विस्ताार र थप रोजारी सिर्जना गर्न सकिने कुरा गुरुङले बताउनुभयो । उद्यमीहरुलाई प्रविधि हस्तानन्त्रण कार्यक्रम बलेफी गाउँपालिकामा स्थानीय लघु उद्यमी समुह संघ,बलेफी गाउँपालिकाको अध्यक्ष झलक रोक्काको अध्यक्षता भउको थियो ।
 कार्यक्रममा  उद्यमसिलता तालिमको प्रमाण पत्र वितरण प्रविधिमा  सिलाईकटाइको लागि सिलाइ मेशिन, कुखुरापालन व्यवसायको लागि दानापानी दिने भाडो ,मासुपसल व्यवसायको लागि डि फ्रिज, ग्रिल व्यवसायको लागि स्ट्यान ड्रिल र साइकल मर्मत व्यवसायको लागि कमप्रेसर मेशिन  बलेफी गाउँपालिको प्रमुख केदार क्षेत्रीले हस्तान्त्रण गनुभयो । सो कार्यक्रमको सहजिकरण तथा संचालन जिल्ला लघु उद्यमी संघको जिल्ला कार्यक्रम संयोजक श्री विक्रम सुन्दासले गर्नु भयो ।


, ,