स्वयम्सेविकालाई प्रोत्सहन भत्ता, गर्भवतीलाई घ्यू र अण्डाः

सिन्धु पाल्चोक जिल्लाको जुगल गाँउपालकिामा स्थानीय नागरिकलाइ स्थानीय स्तरमा नै रोजगारको ब्यबस्था मिलाउँनका लागी पालीकाका प्रमुख उपम्रमुखहरु लागी पर्नु भएको छ ।

स्थानीय पालीकाका  नागरिकहरुलाइ बिभिन्न तालमिहरु दिने काम गर्नुका साथै स्वास्थ्य क्षेत्रको बिकाशका लागी पनी अगाडी बढ्न लागेको छ । यसै सन्धर्भमा त्याहा कार्यरत  महीला स्वयम सेबीकाहरुलाइ प्रोत्साहन बापत मासीक भत्ताको ब्यबस्था गरेको छ ।  जुगल गाउपालिकाले आव २०७५÷७६ देखि सेवा नै धर्म हो भन्दै धर्मरुपि सेवा गर्दै आइराख्नु भएका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई मासिक प्रोत्साहन भत्ता १५ सय र हरेक गर्भवती महिलाले स्वास्थ्य चौकीमा गई कम्तिमा ४ पटक गर्भ जाँच गरेमा १ माना शुद्ध घ्यू र एक क्रेट अण्डा दिने भएको छ ।

, ,