मेलम्ची नगरपालिका र रेडक्रस द्धारा राहात बितरण

सागर खाड्का मेलम्ची ।

नेपाल सोसाईटी जिल्ला शाखा सिन्धुपाल्चोकले सिद्धेश्वर उपशाखाको समन्वयमा मेलम्ची नगरपालिका ४ को थकनीका पहिरोबाट प्रभावित १३ घर लाई राहत बितरण गरेको छ । अषाढ २८ गते बिहान आएको पहिरोले १३ मध्ये २ घर पुर्णरुपमा क्षति भएको छ । भु–कम्पले जमिन चर्किएको र अब्यबस्थित सडक निर्माणले गर्दा गएको पहिरोले खानेपानी, बिद्युत आपुर्तिमा समस्या छ भने वरपरका बस्ति समेत जोखिममा परेको छ । 

मेलम्ची खानेपानी र नगरपालिकाको सहयोगमा पहिरो पन्छाउने र नियन्त्रणको काम भैरहेको छ । भु–कम्प पछि निमार्ण भएको  घर पहिरोको जोखिममा परेपछि स्थानीय लाई सुरक्षित स्थानमा सार्ने काम भै रहेको छ । पहिरोबाट प्रभावितहरुलाई त्रिपाल बितरण गरिसकिएको र भांडाकुडां राहत बितरण गर्ने तयारी रहेको जिल्ला रेडक्रस सोसाइटी सिन्धुपाल्चोकका सभापति राजेन्द्रमान ताल्चाभडेंल ले जानकारी दिनुभयो ।
जिल्लाकै त्रिपुरासुन्दरी गाउंपालिकाको घोर्थलीमा पनि पहिरोको कारण १६ घर बिस्थापित भएका छन् भने १ घर पुर्णरुपमा क्षति भएको छ । यातायातको असुबिधा भएपछि रेडक्रसले बाह्बिसे केन्द्र बनाई राहत बितरणको तयारी गरेको छ । पहिरोबाट प्रभावित लाई त्रिपाल, भांडाकुंडा तथा कम्भल बितरण गरीने नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकका मन्त्रि कमलचरण कक्षपतिले जानकारी दिनुभयो ।यसैबिच
  मेलम्ची नगरपालिका ६ तालामाराङको ढुङगाना बेशि सडक खण्डमा गएको पहिरो ले स्थानीयलाई समस्या परेको छ । गत साता अबिरल बर्षापछि आएको पहिरोले सडक अबरुद्ध छ भने स्थानीयलाई आवतजावत गर्न कठिनाई भएको छ । पहिरो पन्छाउनको लागि वडा कार्यालयमा पटक पटक धाउंदा पनि वडा बाट कुनै पहल नभएकोे स्थानीयले आरोप लगाएका छन् । बाटो नभएपछि स्थानीयहरु बैकल्पिक पैदल मार्ग हिड्न बाध्य भएको प्रशिक्षार्थी पत्रकार ओम बहादुर गिरीले जानकारी दिनुभयो ।

,