रेडियो मेलम्चीको अध्यक्षमा डम्बर रसिक

सामुदायिक सञ्चार अभियान नेपालद्वारा सञ्चालित रेडियो मेलम्चीको सञ्चालन समिति आज पुनर्गठन भएको छ । पुनर्गठित सञ्चालन समितिको अध्यक्षमा डम्बर रसिक भारती चयन हुनुभएको छ । 
रेडियोको स्थापना कालदेखि नै सञ्चालन समितिको सचिवको जिम्मेवारीमा रही रेडियोको उन्नयनमा काम गरिरहनुभएका भारतीले अबका दिनमा रेडियोको प्रशारण क्षमता बढाई समुदायलाई सुसूचित गर्ने कार्यमा लाग्ने बताउनुभयो । उहाँले रेडियो समुदायको आफ्नो सहयोगी साथी रहेको अनुभूति हुने गरी काम गर्दै समुदायकै सक्रियतामा रेडियोको आफ्नै भवन निर्माण गर्ने पनि बताउनुभयो । 
निवर्तमान अध्यक्ष सरोज ढुंगानाले व्यस्तताका कारण प्रमुख भूमिकामा नरहे पनि रेडियोको सफलताका लागि निरन्तर लागिरहने बताउनुभयो । उहाँले अहिलेसम्म निर्वाह गर्नुभएको महत्वपूर्ण भूमिकाका लागि रेडियोले धन्यवाद ज्ञापन गरेको छ ।

,