राति राति क्रसरले नदिमा बालुवा निकाल्दै

दिपक खत्री/स्थानीय प्रशासनले नदिको सतह र धारनै परीवर्तन गर्ने गरी क्रसर संचालन गर्न रोक लगाएको छ । तर सिन्धुपाल्चोक मेलम्चि नगरपालिका वडा नम्बर १२ बाहुनेपाटिमा रहेको पाल्चोकिमाई ईन्फ्रास्टक्चर प्रालि र पाल्चोकिमाई रोडा ढुङगा प्रा.लिले ईन्द्रावति नदीबाट नियमविपरित वालुवाउत्खनन गरिहेको स्थानीयले गूनासो गरेका छन् ।
बाहुनेपाटिमा रहेका दुईओटा क्रसरले १० दिनदेखि राति १० बजेदेखि विहान ४ बजेसम्म ईन्द्रावती नदिबाट बालुवा निकालि रहेका छन् । आफुहरुको धानबाली समेत मिचेर अबैधानिक रुपमा नदीबाट बालुवा निकालि रहेको स्थानीयको गूनासो छ ।
मेलम्ची नगरपालिकाले इन्द्रावती नदी किनारबाट जथाभावी वालुवा उत्खनन गर्न रोक लगाएको छ । तर क्रसरले जथाभावी वालुवा उत्खनन गरेपनि यसमा नगरपालिकाले चासो नदिएको स्थानीयको गूनासो छ ।
रातभरी स्काभेटर मार्फत नदीउत्खनन गरेर बालुवा संकलन हुने गरेको स्थानीयले बताउदै गर्दा मेलम्चि नगरपालिकाका प्रमुख डम्बर अर्याल भने आफुलाई जानकारी नभएको बताउनुहुन्छ । मेलम्ची नगरपालिका प्रमुख अर्यालले यस बिषयमा खुलेर प्रतिक्रिया दिन चाहनु भएन । जिल्ला संमन्वय समितिले वर्खाको समय खोलामा क्रसर चलाउन रोक लगाएको छ । मेलम्चि नगरपालिकाले पनि क्रसर संचालनको लागि लिखित अनुमति दिएको रेर्कड संमन्वय समितिमा छैन । जिल्ला संमन्वय समितिका प्रमुख कृण्ण गोपाल तामाङ प्रशासनको आखाँ छलेर हुने यस्ता गतिविधि रोक्न स्थानियलेनै सहयोग गर्नुपर्ने बताउनुहुन्छ ।
ईन्द्रावति नदी किनारमा रहेका आधादर्जन क्रसरले वालुवा, ढुङ्गा, गिट्टि झिकेर बनाएको खाल्डोले नदीको स्वरुप कुरुप बनाएको छ ।