खानेपानी आयोजना हस्तान्तरण


सागरखड्का मेलम्ची नगरपालिका १३ फटकशिलाको नेपालथोकमा आज बाङगे सल्ला खानेपानी आयोजना हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि मेलम्ची नगरपालिका का प्रमुख डम्बर अर्यालले खानेपानी उपभोक्ता समितिका अध्यक्ष केदार डोटेल लाई हस्तान्तरण गर्नुभएको होे ।
कार्यक्रमका प्रमुख अतिथि अर्यालले खानेपानी आयोजनाहरुको निर्माण भए पनि मर्मत संभार र हेरचारको अभाव रहेको र त्यस्ता आयोजनाहरुको उपभोक्ता समुह आफैले संचालन र संरक्षण गर्नुपर्ने सुझाब दिनुका साथै बिकासका साझेदार संस्थाहरुलाई धन्यबाद ब्यक्त गर्नुभयो ।
महिला आत्म निर्भरता केन्द्र र अक्सफामको सहकार्यमा नेपाल भुकम्प पुर्नलाभ तथा पुर्ननिर्माण मार्फत संचालित परियोजनाको निर्माणकार्य २०७४ भदौ बाट सुरु भई २०७४ चैतमा सम्पन्न भएको थियो । खानेपानी आयोजनाको कुल लागत ८ लाख ५२ हजार २९३ रपैयां रहेको छ । ४९ घरधुरीका २४५ जना प्रत्यक्ष लाभान्वित हुने परियोजनाले जनाएको छ ।