अपाङ्गता पहिचानका लागी प्रशिक्षण


५ वर्ष भन्दा मुनिका अपाङ्गता भएका बालबालिकाहरुको पहिचान शिघ्र सुचना प्रेषण गर्न स्वास्थ्यकर्मीहरु विच २ दिने अन्तरक्रिया कार्यक्रम होटल जुगलमा सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा जिल्ला स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको समन्वयमा भएको कार्यक्रममा स्वास्थ्य संस्थाहरुको कर्मचारीहरुको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रममा जन्मजात ओठ फोटेको(सारे), तालु (अनाडी) फाटेको, जन्मजात ढाडमा पोका, जन्मजात पैताला मोडिएको, जन्मजात पाखुरा नचल्नु, हातखुट्टा नहुनु, बाल मस्तिष्क पक्षघात हुनु, डाउन, घाँटी बाङ्गिनु, ठुलो टाउको हुनु लगायतका समस्याहरु के के कारण बाट हुने र त्यसको अपचार प्रविधि सम्बन्धी कसरी गर्ने भन्ने विषयमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम गरिएको थियो । उल्लेखित रोग भएका व्यक्तिहरु जन्मजात अपाङ्ग भएका हुन्छन्, विशेष गरी अपाङ्गता कसरी पहिचान गर्न सकिन्छ भने विषयमा भएको कार्यक्रममा नगरपालीकाका महिला स्वयम् सेवीकाहरुको समेत उपस्थिती रहेको थियोे । अपाङ्गता भएका व्यक्तिको पहिचान कसरी गर्ने र कसरी तत्काल सुचना दिने भन्ने विषयमा ह्युम्यानीटी एण्ड इन्कुलजन नेपालका रती कुमारी गुरुङ्ग र अञ्जना गुरुङ्गले प्रशिक्षण दिनु भएको थियो । चौतारा साँगाचोकगढी नगरपालिका स्वास्थ्य विभागका शिव पुरी ले अपाङ्गताको पहिचान गरेपछि सुचना दिएर उनीहरुको संरक्षणका लागि र उपचारको लागी तत्काल पहल गर्न पर्ने बताउनुभयो । उहाँले यो प्रशिक्षण पश्चात डाक्टर तथा सबै निकायले पहिलो प्राथमिकताका साथ अपाङ्गता भएका ब्यक्ती लाइ उपचारमा सहयोग गर्नु पर्ने बताउनुभयो । अन्तरक्रिया कार्यक्रमको चौतारा साँगाचोकगढी नगरपालिकाका उप–प्रमुख जानुका पराजुलीले उद्धघाटन गर्नु भएको थियो । 

,