बाह्रबिसेबाट सामुदायिक रेडीयो सञ्चालनमा


लोकप्रिय समचार,
 अब केही दिनमा नै बाह्रबिसेबाट सामुदायिक रेडीयो सञ्चालनमा आउँने भएको छ ।
लोकप्रिय समचार दैनिकको सञ्चालन  सँगै रेडीयो पनि सञ्चालन गर्न लागेको लोकप्रिय समचार दैनिकका प्रकाशक नेत्रबहादुर बस्नेतले जानकारी गराउनुभएको छ । उहाँले  जिल्लामा रहेका सञ्चार गृहहरुबाट बाह्रबिसे मेलम्ची र चौतारा एउटै जिल्ला भए पनि सडकका कारण सम्बन्धको दुरी टाढा देखीएको महशुस गरेर बाह्र्बिसे र चौताराबाट एकै साथ दैनिक पत्रीका प्रकाशन गरिरहेकोमा भुकम्प पछि बाह्रबिसेको प्रकाशन बनद गरेर चौताराबाट मात्र सञ्चालन भइरहेको पत्रिका पुनः बाह्र्रबिसेबाट पनि प्रकाशन गर्ने र त्यहाँबाटै प्रकाशन गर्ने र त्यस क्षेत्रमा बिधुतीय सञ्चारको पहुँच नपुगेको हुँदा लोकप्रिय नेत्रज्योती सञ्चार समुहले रेडीयो १०६.६ मेघाहर्ज  सञ्चालन गर्न लागेको समूहका  कार्यकारी प्रमुख समेत रहनु भएका प्रकाशक बस्नेतले बताउनुभयो ।
उहाँले स्थानीय सरकार तथा स्थानीयले यस कार्यमा सहयोग गर्न पर्ने समेत बताउँदै यो सामुदायमा आधारित हुने हुँदा सबैको साझाका रुपमा रहेकोले सबैले सहयोग गर्नुपर्ने बताउनु भयो ।