नेपाली काँग्रेसले आज बिरोध सभा गर्ने


प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध बिरोध प्रदर्शन गर्र्ने भएको छ ।  केन्द्रको निर्णय अनुसार देशको ७७वटै जिल्लामा  बिरोध प्रदर्शन गर्ने कार्यक्रम अनुसार सिन्धुपाल्चोकमा पनी बिरोध कार्यक्रम हुने भएको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य मोहन बहादुर बस्नेत जिल्ला पार्टी सभापती बिकाश लामा लगाएत का नेताहरुको नेतृत्वमा  बिरोध कार्यक्रम हुन लागेको हो । नेपाली काँग्रेस जिल्ला सचिब बिल बहादुर तामाङ्गका अनुसार बिरोध कार्यक्रम नेपाली काँगे्रसको जिल्लाका पार्टी  कार्यलयबाट बिशाल जुलुस सहित शुरु हुने भएको छ ।   सरकार सर्वसत्तावादको बाटोमा अघि बढेको  महङ्गी बढाएको जनताले थेग्नै नसक्ने गरी कर  लगाइरहेको लगाएतका बिरुद्ध बिरोध कार्यक्रम गर्न लागेको समेत सचिब तामाङ्गले बताउँनु भयो ।कांग्रेसले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा, अधिनायकवादको विरोध र महंगी नियन्त्रणका एजेण्डा अघि सारेको छ ।

, ,