रेडक्रस द्धारा तिन दिने प्रशिक्षण सम्पन्न


विपद्को अवस्था मानवीय सेवा उपलव्ध गराउनका लागि व्यवस्थित तथा प्रभावकारी ढंगबाट स्वयम्सेवक परिचालनका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तथा उपशाखाहरुको पदाधिकारी तथा सदस्यहरुलाई तीन दिने स्वयम् सेवक व्यवस्थापन तथा परिचालन प्रशिक्षण चौतारामा सम्पन्न भएको छ ।
बिभिन्न समयमा आइपर्ने विपदमा स्वयंसेवक परिचालनलाइ चुस्त दुरुस्त र ब्यबस्थित बनाउने उद्द्येश्यले संचालन गरिएको उक्त कार्यक्रममा  सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष  आसमान तामाङ  प्रमुख अतिथि रहनु भएको थियो ।
कृतिम घटना अभ्यास समेत गरिएको तालिमको अन्तिम दिनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जिल्लाको विपद् प्रतिकार्यमा सबैको भूमिका महत्वपूर्ण रहने भन्दै जिल्लामा विपदको समयमा रेडक्रसले खेलेको भूमिका उल्लेखनीय रहेको, रेडक्रस स्वयम सेवकले अझ प्रभावकारी भूमिका निर्वाह गर्न प्रशिक्षण प्रभावकारी रहने र देश संघीय संरचनामा गएको र नया विपद ब्यबस्थापन ऐन आएकोले नया संरचना अनुरुप कार्य गरि नया ऐन कार्यन्वयनमा सधै झैँ सहयोग गर्न रेडक्रसलाइ आग्रह गर्दै रेडक्रसले पनि संस्थागत कार्यपद्दतीलाई परिवर्तन गर्दै अगाडी बढ्नु पर्ने र जिल्लाको सबै स्थानीय निकायमा मानवीय सहायताको लागि जिल्ला शाखा र उपशाखा मियोको रुपमा स्थापित भई कार्य गर्नपर्ने बताउनु भयो ।

सोही अवसरमा विश्वव्यापी रेडक्रसको निकायमा आवद्ध रहनु आत्मसम्मान रहेको सन्दर्भमा प्रमुख जिल्ला अधिकारी एवं राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख मोहन थापाले नेपाल रेडक्रस सोसाटीको आजीवन सदस्यता लिनुभई आबद्ध  हुनुभएको थियो ।
सोहि कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला शाखाका सभापति राजेन्द्रमान ताल्चाभडेलले आफु र जिल्ला शाखा विपदको समयमा लामो समय देखि क्रियाशील रहेको र अबका दिनमा रेडक्रसको भूमिका अझै प्रभावकारी बनाउन स्वयमसेवकले मानवीयताको नाताले सहयोग गर्न प्रेरित हुनु पर्ने बिचार व्यक्त गर्नु भएको थियो । सभापति ताल्चाभडेलले २०७२ साल को भूकम्प , जुरेको पहिरो तथा सुनकोशीको बाढीको बेला आबस्यक संख्यामा स्वयंसेवक परिचालन गरेतापनि अझै प्रभावकारी बनाउन आवश्यक भएको भन्दै अबको दिनमा थप दक्ष स्वयंसेवक उत्पादन गर्दै विपदमा परेकाहरुलाई धेरै भन्दा धेरै सहयोग पु¥याउन जिल्ला शाखा प्रतिबद्ध रहेको समेत बताउनु भएको थियो ।
विपदको समयमा स्वयंसेवकको भूमिकालाइ प्रभावकारी बनाउने र जिल्लामा स्वयंसेवक बनेर कार्य गर्न उत्प्रेरणा जगाउन स्थानीय तहमा रेडक्रसकर्मीले खेल्न सक्ने भूमिका लगायात विपदको समयमा प्रभावकारी ढंगले कार्य सम्पदान गर्न थप क्षमता अभिवृद्धि गराउन आयोजना गरिएको उक्त तालिममा  जिल्ला शाखा तथा जिल्ला शाखा अन्तरगतका उपशाखाहरुका तीस जना स्वयंसेवकको सहभागिता रहेको थियो भने तालिमको सहजीकरण नेपाल रेडक्रस सोसाइटी केन्द्रको जुनियर युवा बिभागका विभागीय प्रमुख सुदर्शन अधिकारी तथा संस्थागत क्षमता बिकासका कार्यक्रम संयोजक जनार्दन पोख्रेलले गर्नु भएको थियो ।

, ,