रोकिएन बैदेशिक रोजगारीमा जाने श्रृङखला


बैदेशीक रोजगारीलाई व्यवस्थीत बनाउने सरकारले भनिरहेको बेला सिन्धुपाल्चोकको एउटै वडाबाट साढे दुइ सय महिलाहरु रोजगार अनुमती नै नभएको देशमा  अवैधानीक रुपमा रोेजगारीका लागि पुगेका छन् ।
बैदेशीक रोेजागरीमा जादा श्रम मन्त्रालायले रोजगार अनुमती लिएका देशहरुमा मात्रै जानका लागि आग्रह गरेपनि अवैधानीक बाटो हुदै साढे दुइ सय महिलाहरु इराक पुगेका छन् ।
भोटेकोशी गाउँपालिका–५ साविकको मार्मिङ गाविसमा गरिएको एक सर्वेक्षण अनुसार रोजगारीका लागि विदेशीएका ४ सय ४४ मध्ये २ सय ४७ जना रोजगार अनुमती नै नभएको इराकमा पुगेका छन् ।
इराक जानेमा साविकको मार्मिङको ४ बाट ५२ जना महिलाहरुको रहेको घरधुरी सर्वेक्षणबाट पता लागेको छ । महिलाको क्षेत्रमा काम गर्दै आइरहेको माइती नेपालले केही दिन अघि गरेको घरधुरी सर्वेक्षणमा एयटै घरबाट श्रीमान,श्रीमती समेत वैदेशीक रोजगारीका लागि इराक पुगेका छन् ।
इराक गएका प्राय सबै अवैधानीक बाटो बाटै गएको स्रोतको दाबी छ । मार्मिङबाट मात्रै महिला र पुरुष गरी २ सय ४७ जना इराक गएका छन् । इराक गएका मध्ये केही त उमेरै नपुगे पनि नागरिकतामा उमेर बढाएर गएको सर्वेक्षणबाट देखिएको माइती नेपालकी जिल्ला संयोजक पवित्रा घिमीरेले जानकारी दिनुभयो ।


, ,