कैलाशपति महादेवको मन्दिर उद्घाटन

विना श्रेष्ठ/बाह्रबिसे नगरपालिकाको जुरेमा निर्माण गरिएको कैलाशपति महादेवको मन्दिरको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार बस्नेतद्वारा उद्घाटन भएको छ ।
मन्दिर उद्घाटन कार्यक्रम यस मन्दिर कैलाशपति महादेव समितिबाट गरिएको हो ।
जुरेमा कैलाशपति महादेव मन्दिर निर्माणका लागि यस समितिका अध्यक्ष राजेश्वरी श्रेष्ठ, उपाध्यक्ष मिना शाख्वा, सचिव हेमन्त श्रेष्ठ लगायत समितिका सम्पूर्ण परिवार, सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, स्थानीय प्रतिनिधिहरु, विभिन्न हार्डवयरहरु, समाजसेवीहरु, विद्यालय, कृषि सहकारी, बैंक, जलविद्युत आयोजना (मध्यभोटेकोशी), बचत तथा ऋण सहकारी संस्थाहरु, गाउँपालिकाहरु र विभिन्न ठाउँका भक्तजनहरु, भोटेकोशी गाउँपालिकावासी, बाह्रबिसे नगरपालिकाका स्थानीयबाट मन्दिर निर्माणको लागि आर्थिक सहयोग भएको थियो ।