ट्रिपर र स्काभेटर प्रहरी नियन्त्रणमा

सागर खड्का/अवैध रुपमा वालुवा तथा गिटि उत्खनन् गरिरहेको अबस्थामा इन्द्रावति नदिबाट २ वटा ट्रिपर र एक स्काभेटरलाई प्रहरिले नियन्त्रणमा लिएको छ ।
हिजो बिहान ३ बजे अँध्यारोमा पनि बत्ति नबालिकन नदिजन्य पदार्थ उद्खनन् गरिरहेको अबस्थामा प्रहरिले उक्त ट्रिपर र स्काभेटरलाई पक्राउ गरेको हो । पक्राउ परेको ट्रिपर र स्काइभेक्टरलाइ मेलम्ची नगरपालिकामा बुझाउन लाग्दा नगरपालिका के कस्तो कारबाहि गर्ने भन्ने मापदण्ड नबनेको भन्दै जिम्मा लिन नमानेको प्रहरीले जनाएको छ ।
पछिल्लो समय अवैद्ध रुपमा इन्द्रावती नदीमा रातीको समयमा गिट्टी बालुवा झिकिरहेको स्थानीयले गर्दै आइरहेको छ ।  यसरि पक्राउ परेर पनि के कस्तो कारबाहि गर्ने भन्ने कानुन छैन । यसले गर्दा अवैध रुपमा हुने नदि दोहन झनै दिनदिनै बढिरहेको छ ।