सर्वोच्चद्वारा गाउँपालिकाको निर्णय सदर


सिन्धुपाल्चोक जिल्ला त्रिपुरासुन्दरी गाँउपालीका बिरुद्ध सर्बच्च अदालतमा परेको रिट  निबेदन खारेज भएको छ ।
त्रिपुरासुन्दरी गाँउपालीकाले जथाभाबी शिक्षकको सरुवा गरेको भनी  गाँउपालीकाको निर्णय बदर गराउँनका लागी हरी सुबेी लगाएतले दिनु भएको निबेदन  मङ्गलबार खारेज गरेको गाँउपालीकाका प्रमुख प्रशाशकिय अधिकृत राजेन्द्र प्रसाद नेपालले बताउँनु भयो ।
त्रिपुरा सुन्दरी गाँउपालीकाले पालीकामा शिक्षाको स्तर उन्नतीका साथेै शिक्षा बिकाशका लागी बिभिन्न बिद्यालयका ६जना शिक्षकलाइ  सरुवा गरेको थियो । त्यस मध्य ५जनाले सर्र्बोच्च अदालतमा निर्णय बदर गराउँनका लागी रिट निबेदन दर्ता गराएकोमा स्थानीय सरकारले आफ्नो पालीकामा शिक्षाको स्तर उन्नतीका साथै स्थानीय सरकार संञ्चालन  बिधीलाई  अपनाएर गरिएको कार्यलाइ मान्यता दिदै रिट खारेज गरिएको छ । यो सँगै अब  लामो समयदेखी अन्यौलमा रहेको स्थानीय शिक्षक सरुवा गर्न स्थानीय सरकारलाइ बाटो खुलेको छ । 


, ,